ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

अहिले पनि किसानले फलाए बगरमा खर्बुजा

२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार

लमही, २१ बैशाख ।
दाङको देउखुरी उपत्यकामा पर्ने राप्ती नदी बगर क्षेत्रमा कृषकहरूले कठोर परिश्रम गर्दै, उब्जनी गर्न नसक्ने ठानिएको जमिनमा समेत हरियाली फिजाइरहेका छन् । बोधिपुर, गढवा–५ का हेम नारायण चौधरी र लमही नगरपालिका–६ का शहीद अन्सारी जस्ता कृषकहरू यतिबेला नदी किनारको बगर क्षेत्रमा तरकारी र फलफूल उत्पादनमा समर्पित छन् । चौधरी र अन्सारी दुवैले विगत ४ बर्षदेखि नदी किनारमा पसिना बगाउँदै खरभुजा खेती गरिरहेका छन्। अन्सारीले आफूले जुत्ता चप्पल लगाएर खेती गर्दा बालीनालीमा असर पर्ने बुझाइका कारण नाङ्गै खुट्टा हिँड्ने गरेका छन्। खेतीपातीलाई जीवनको आधार मानेका उनी पुख्र्यौली पेशालाई व्यावसायिक गर्न अडिग छन् ।

केही खेर गएको र केही जग्गा लिजमा लिएर तरकारी र खरबुजा खेती गर्दै आएका अन्सारीको परिवार दुई पुस्तादेखि नेपालमा बसोबास गर्दै आएको भए पनि नागरिकता नहुँदा सरकारी अनुदानबाट वञ्चित छन् । त्यसैले उनीहरू आफ्नै बलबुतामा खेती गरिरहेका छन् । अन्सारीले खेती सुरु गरेयता फर्सी, काक्रो, लौका, बोडी लगायतका तरकारी २० देखि ७० रूपैयाँ प्रतिकिलोसम्ममा विक्री गर्दै आएका छन् । त्यस्तै, बालुवामा राम्रो उत्पादन हुने विश्वासका साथ उनले २ किलोदेखि ८ किलोसम्मका तरबुजा उत्पादन गरेका छन् । तर तरबुजाको बजार भने सन्तोषजनक छैन । भारतबाट आयातित तरबुजालाई ‘राप्ती नदीको’ भनेर बदनाम गरिने प्रवृत्तिले उनी दुःखी छन् ।

उनले १ लाख ५० हजार रूपैयाँ लगानीमा तरबुजा खेती थाले पनि चिसो मौसमका कारण केही बीउ नष्ट भएका थिए । यद्यपि हाल प्रतिकिलो ३० रूपैयाँमा बिक्री भइरहेको तरबुजाबाट केही आम्दानी उठिरहेको उनले बताए । तरकारी र फलफूलको राम्रो उत्पादन भए पनि व्यापारीको सिन्डिकेट र बजारको समस्याले आम्दानीमा अपेक्षित लाभ नआएको भन्दै अन्सारीले आगामी वर्ष लगानी घटाउने तयारीमा छन्।उनी जस्तै अन्य किसानहरू बिचौलिया चलखेल हुन थालेपछि सडकमै बसेर बिक्री गरेको बताउँछन । बगर क्षेत्रको खेतीमा उत्पादन राम्रो भए पनि सरकारी प्राथमिकता नपाउँदा धेरै कृषक हतोत्साहित भएका छन् । सुरुमा बहुउद्देश्यीय सहकारी संस्था र जेआइजेट परियोजनाको सहयोगमा सुरु भएको बगर खेती, परियोजना बन्द भएसँगै सरकारी ध्यानको अभावमा थला परेको छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार हाल बगर क्षेत्रमा अनुमानित ५० हेक्टरमा खेती भइरहेको छ । जसबाट करिब १० सय मेट्रिक टन तरकारी र खरबुजा उत्पादन हुने गरेको बताइएको छ। केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत पृथ्वीराज लामिछानेका अनुसार आगामी वर्ष किसानको मागअनुसार १० हेक्टर क्षेत्रफलमा बगर खेतीका लागि अनुदान दिने योजना तयार गरिएको छ ।बगर खेतीका लागि १ हेक्टर बराबर १ लाख ५० हजार रूपैयाँसम्मको अनुदान प्रदान गरिने छ। बगर क्षेत्रको उर्वरता र उत्पादन क्षमतालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र दाङका प्रमुख नरेश धितालले राप्ती र बबई नदी किनारमा झण्डै २ सय हेक्टर क्षेत्रमा बगर खेती विस्तार गर्न सकिने बताए ।

श्रम, सम्भावना र सीमाले भरिएको बगर खेती अब कृषकका लागि मात्र होइन, समग्र दाङको कृषि विकासका लागि पनि मोहर फलाउने माध्यम बन्न सक्ने संकेत देखिएको छ । बर्षौदेखी राप्ती नदिले कटान गर्दै बिघौ बिघा खेतीयोग्य जमिन बगरमा परिणत गरे पनि केहि बर्षयता नदीमा तटबन्धसँगै बगर अहिले सिमान्तबर्गका किसानलाई बरदान जस्तै बनेको । यद्यपि सरकारी अनुदानका लागि भने प्राप्त प्रमाण नहुदा बन्चित रहेको किसानहरू गुनासो गर्छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?