ट्रेंडिंग:

>> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न

अन्तर्राष्ट्रिय श्रमिक दिवस

१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालका साथै विश्वभरी नै विभिन्न सचेतनामूलक कार्यक्रम गरेर आज मनाइँदै छ । १३६ औं श्रमिक दिवस मनाईरहँदा अझैपनि श्रमिकको अधिकार ग्यारेन्टी हुन सकेको छैन । नेपालमा मात्रै होइन, विश्वका श्रमिकहरूले अधिकार नपाएको गुनासो गर्दै आएका छन । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको कुरा केवल भाषणमामात्रै सीमित हुने गरेको श्रमिकहरूको गुनासो छ । श्रमिक अधिकारको कुरा भाषणमै सीमित भएको छ । ‘नहुनुभन्दा कानो मामा नै जाती’ भनेजस्तै नेपालमा श्रमिकको पक्षमा केही काम त भएका छन तर ती औपचारिकतामै सीमित छन् । श्रमिक अदालतको व्यवस्था लगायतका कुरामा सन्तोषजनक परिणाम देखिएपनि वास्तविक श्रमिकले न्याय नपाएको कुरा बाहिर आउने गरेको छ ।

उनीहरू काममै जोतिन बाध्य भैरहेको उनीहरूकै मुखबाट सुन्नुपरेको छ । श्रमिक आन्दोलनबाट कानुनीरूपमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने बिषयमा पनि अहिलेसम्म ढिलाई हुँदै आएको छ । निश्चितरूपमा फेरिएको विश्व बजारमा अनौपचारिक र स्वरोजगारको क्षेत्र धेरै ठूलो भएको छ । नेपालमा श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेटने योजना सुरु भएको छ । यो खुसीको कुरा हो तर यतिले मात्रै पुग्दैन । वैदेशिक रोजगारीमा जाने, त्यहाँ पुगेर काममा लागेका र विदेशमै स्वरोजगार भएकालाई कोषमा समेट्न अहिलेपनि चुनौती छ । खासगरी कामदार जो फिल्डमै ४०/४२ डिग्रीको तापक्रममा पसिना चुहाउँदै गिट्टी फोर्न विवस छन, उनीहरूको अधिकारको कुरा बोलिदिन निकाय छैन् ।

यो बिषयमा बोल्ने निकायको खाँचो छ । यद्यपि अहिले वैदेशिक रोजगारीमा जानेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता भएको छ । विदेश गएकाहरू कोषमा आबद्ध भएका छन् । यो खुसीको कुरा हो तर नेपालमै बसेर दिनरात श्रम गरिरहेकाहरूले श्रम न्याय कहिले पाउने ? चिन्ताको बिषय छ । तसर्थ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईरहँदा भुईँ श्रमिकहरूको विषयमा सोच्नु जरुरी देखिएको छ । विदेशमा गएका श्रमिकहरूको पक्षमा राम्रो व्यवस्था भएको छ । यो अत्यन्त खुसीको कुरा हो ।

अहिले विदेशमा दुर्घटना परेर मृत्यु भयो भने पीडित परिवारले जीवनभर पेन्सन पाउने व्यवस्था भएको छ । विदेशमा दुर्घटनामा परेर कामै गर्न नसक्ने अवस्था भयो भने नेपाल फर्केपछि नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत तलबको ६० प्रतिशतले हुन आउने रकम बाँचुन्जेल पेन्सनका रूपमा दिने व्यवस्था गरेको छ । यो श्रमिकका लागि आशा जगाउने कार्यक्रम हो ।
श्रमिकको पक्षमा गर्नुपर्ने काम अझै धेरै छ । नेपालमा श्रमिकको अधिकारलाई लिएर केही हदसम्म भएपनि थिति बसाल्ने काम भएको छ । तर, त्यतिले सन्तोष मान्नुपर्ने अवस्था छैन् । वैदेशिक रोजगारका नाममा हुने ठगीबाट अझैपनि हजारौं नेपाली पीडित छन् । ठगी नियन्त्रण गर्न तीन तहका सरकार, राजनीतिक दल, वैदेशिक रोजगार व्यवसायी, सचेत नागरिक, स्वयं विदेश जाने श्रमिकबीच एकअर्कामा समन्वय जरुरी छ ।

नेपालमा पर्याप्त रोजगारीको व्यवस्था नहुँदा श्रमिकहरू बैदेशिक रोजगारीमा जान चाहन्छन तर विचमै दलाल र बिचौलियाको ठगीमा पर्नुपरेको छ । ती देशमा हाम्रा श्रमिकले न्यूनतम मानव अधिकारबाट समेत वञ्चित हुनु परिरहेको छ । थोरै पारिश्रमिकबाट कठोर श्रम गर्नुपरेको छ । वैदेशिक रोजगारीमा ठगी रोकिएको छैन, यसलाई नियन्त्रण गर्नेतर्फ सरकारको पहल आवश्यक छ । श्रमिक दिवसकै अवसरमा सरकारले श्रमिकको क्षेत्रमा व्यवस्था गरिएको कानुनको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ ध्यान देओस् । श्रमिक दिवस मनाउँदैमा श्रमिकले अधिकार पाए भन्ने होइन, निम्नस्तरको र अत्यन्त कठिन श्रम गर्न बाध्य श्रमिकको पक्षमा बोलिदिने र उनीहरूको श्रम अनुसारको पैसाको ग्यारेन्टी गर्नेतर्फ अव ध्यान जानु जरुरी छ । श्रमिक दिवस मनाउँदै गर्दा कम्तिमा श्रमिकको अधिकारको वकालतसंगै उनीहरूको पेशागत सुरक्षाको ग्यारेन्टी गर्ने काम होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?