© 2026
काठमाडौं, १७ वैशाख।
बुधबार सेयर बजारमा नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३ अंकमा झरेको छ। दिनभरको कारोबार अवधिमा परिसूचकले अधिकतम २६४२ अंक छोए पनि अन्त्यमा गिरावटसँगै बजार तल झरेको हो। बजारको सूचक ओरालो लागेपनि कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो दिन ७ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आजको कारोबार रकम ९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
आज १०७ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन, निर्जीवन बीमा तथा अन्य समूहका परिसूचकहरूमा गिरावट देखिएको छ। यता, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापार समूहका परिसूचक भने सामान्य रूपमा उकालो लागेका छन्।
तीन कम्पनी — समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स — को सेयर मूल्य आज १० प्रतिशतले वृद्धि भएको छ। विन नेपाल लघुवित्त, सिनर्जी पावर, मातृभूमि लघुवित्त, रिडी पावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। त्यस्तै, भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट र तारागाउँ रिजेन्सीको मूल्यमा पनि गिरावट आएको छ।
राधि विद्युत्, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर र हिमालयन पावर पार्टनर सबैभन्दा धेरै कारोबार भएका कम्पनीका रूपमा देखिएका छन्। भोलि श्रमिक दिवसका कारण सेयर बजार सार्वजनिक बिदाका रूपमा बन्द रहनेछ, र अब बजार आइतबारबाट मात्र खुल्नेछ।