© २०२३
टोरोन्टो, १७ बैशाख ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई फोन गरेर देशको आमनिर्वाचनमा विजयी भएकोमा बधाई दिएका छन् ।
समाचार अनुसार दुवैले निकट भविष्यमा भेट्ने सहमतिसमेत जनाएका छन्। क्यानडामा सोमबार भएको निर्वाचन पछिको परिणामले दुई देशले नयाँ आर्थिक र सुरक्षा सम्बन्धको बारेमा वार्ता गर्ने अपेक्षा गरिएको छ ।
ट्रम्पले लगाएको अत्याधिक व्यापार शुल्क र क्यानाडाको सार्वभौमसत्तालाई कमजोर पार्ने बारम्बार टिप्पणीहरूका बिचमा क्यानडाका भावी प्रधानमन्त्री कार्नी र ट्रम्प बिच टेलिफोन बार्ता भएको हो । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य भनेर टिप्पणी गर्दै आएको छन्, त्यसैको बिरोधमा उत्रिएका कार्नीको लिभरल पार्टीले अघिल्लो निर्वाचनमा भन्दा १६ सिट बढी अर्थात १६९ सिट ल्याएर पहिलो पार्टी बनाएका छन् ।
अब उनलाई सरकार बनाउनका लागि कम्तिमा थप ३ सांसदको मत आवाश्यक पर्छ किनभने क्यानडामा सरकार बनाउनका लागि कम्तिमा १७२ सांसदको समर्थन प्राप्त गर्न जरूरी छ ।