ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

बालविवाहविरुद्ध अभियानको खाँचो

१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

आज बालविवाह विरुद्धको दिवस । दुई बर्षअघि मधेश प्रदेश सरकारले हरेक बर्षको बैशाख १७ लाई बालविवाहविरुद्धको दिवसको रूपमा मनाउने घोषणा गरे अनुसार आज बुधबार बालबिबाहविरुद्धको दिवस औपचारिक कार्यक्रम गरि मनाईदैछ । बालविवाहको समस्या मधेश प्रदेशमा बढी देखिएपनि देशैभरी यो समस्याले जरो गाडेको छ । यद्यपि पछिल्लोसमय नागरिकमा चेतना बढिरहँदा बालविवाहको घटनामा कमी आएको देखिएको छ । मधेशमा भने बालबिबाहको समस्या अझैपनि धेरै रहेको छ ।

यो दिवसले खासगरी बालबिबाह गर्ने उमेर समूहका युवा युवती र घरका परिवारमा बालबिबाह विरुद्धको चेतनाबृद्धिमा ठूलो सहयोग पु¥याउने अपेक्षाका साथ यो दिवस मनाउने निर्णय गरिएको हो । जसरी मधेश प्रदेशले यो कार्यक्रमलाई अभियानका साथ अघि बढाउने निर्णय गरेको छ, त्यसमा सवैले साथ दिनु जरुरी छ । साथै बालविवाहविरुद्धको अभियान अरू प्रदेशमा पनि सुरु गर्नु जरुरी छ । किनभने सुदूर पश्चिमको पहाडी जिल्लामा अझैपनि बालविवाह ठूलो समस्याको रूपमा देखिएको छ । मधेश सरकारले यो बर्ष अभियानका साथ दिवस मनाउने निर्णय गरेको छ । अवको दिनमा तारे होटलमा यो कार्यक्रम गरेर कुनै औचित्य छैन । जबसम्म जोखिम क्षेत्रमा कार्यक्रम सञ्चालन हुँदैन तबसम्म जति नै अभियान सञ्चालन गरेपनि बालविवाहविरुद्धको अभियान सफल हुन सक्दैन ।

तसर्थ मधेश सरकारले जोखिम क्षेत्रका गाउँबस्तीमा अभियानका साथ दिवस मनाओस् । मधेश प्रदेशमा बालबिबाह ठूलो समस्याका रूपमा रहेको छ । मधेशमा मात्रै होइन बालबिबाहको समस्या अरू प्रदेशका केही तराई र पहाडी जिल्लामा समेत समस्याकै रूपमा देखिएको छ । त्यही भएर मधेश सरकारले बालबिबाहविरुद्धको दिवस मनाउनेक्रममा दुई बर्ष अघि नै सन. २०३० सम्म मधेश प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना सार्वजनिक गरेको छ । यो रणनीतिक योजना कार्यान्वयनमा जाओस् ।

प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने रणनीति अनुसार सरकारले काम ग¥यो भने त्यसले एउटा राम्रो प्रतिफल दिने आशा एवं विश्वास गर्न सकिन्छ । मधेश प्रदेशमा यसअघिको सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरेको थियो । प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्देश्यले संचालन गरिएको उक्त अभियानले मधेशका जनतामा चेतना बृद्धिमा सहयोग पुगेको छ । यद्यपि यो अभियानबाट चाहेको अनुरूप प्रतिफल प्राप्त हुन नसकेको भने यथार्थ हो तर अवका दिनमा यो अभियानलाई पनि सफल बनाउन सक्ने हो भने मधेशमा चेलीबेटीप्रति गरिने दुव्र्यवहारका घटना नियन्त्रण गर्न सहयोग पुग्नेछ ।

मधेश प्रदेशमा बालविवाहमात्रै होइन, यो भन्दा गंभीररूपमा दाईजो प्रथाले ठूलो जरा गाडेको छ । मधेश सरकारले बालविवाहसंगै दाईजो अर्थात दहेज प्रथा अन्त्यका लागि प्रयास गरोस् । मधेशका सिमान्तकृत नागरिकको छोरी चेलीको विवाह गर्नै समस्या छ । विवाह अघि नै गरिने सर्तले छोरीको जीवन तहसनहस भएको अवस्था छ । दहेज नपाएको आरोपमा कति चेलीलाई जिउँदै आगो लगाउने काम भएको छ । कति चेलीले आत्महत्या गर्न बाध्य भएका छन् । यसका पछि दाईजो अर्थात दहेजको ठूलो कारण छ । अतः मधेश सरकारले बालविवाहविरुद्धको अभियान सुरु गर्दैगर्दा दाईजो प्रथा अन्त्यका लागि ठोस काम गरोस् । सामाजिक अभियानमा सहभागीहरूले पनि विहेबारी २० बर्ष पारी भन्ने अभियान सञ्चालन गरेका छन । मधेश प्रदेशमा अहिले बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन दलित शिक्षा अभियान समेत संचालन गरिएको छ । मधेशमा बालबिबाहविरुद्धको दिवस मनाउँदै गर्दा यसको सकारात्मक सन्देश अरू प्रदेशमा पनि प्रवाह गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?