भैरहवा, १५ बैशाख ।
रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन भैरहवा बहुमुखी क्याम्पस मुल कमिटीद्वारा आयोजित सुदीप न्यौपानेको सम्झनामा भैरहवाको देवकोटा चोकमा दीप प्रज्जवलन कार्यक्रम गरिएको छ । आतंकबादी समुहको गोली प्रहारबाट जम्बुकश्मिरमा नेपाली सुदीप न्यौपानेको मृत्यु भएकोमा राप्रपाले दुख व्यक्त गरेको छ ।
रास्ट्रिय प्रजातान्त्र पार्टी( राप्रपा) का रूपन्देही जिल्ला उपाध्यक्ष एबं दीप प्रज्जवलन कार्यक्रमका अजय कुमार गुप्ताले आतंकबादीको कुनै धर्म जात नहुने बताए । गलत कार्यको घोरभत्सर्ना गर्दै धर्म हेरेर नास गर्ने अधिकार कसैलाई नभएको उनले बताए। गलत अभियान विरुद्ध युवा जाइलाग्न समेत तयार हुने बताउंदै सहि अभियानलाई सबैको संरक्षण आबश्यक रहेको उपाध्यक्ष गुप्ताको भनाइ थियो ।
रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन भैरहवा बहुमुखी क्याम्पस मुल कमिटीका अध्यक्ष सलमान खांनको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका जिल्ला सह सचिब शंकर खत्रीले कार्यक्रमको सन्चालन गरेको थिए ।
भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको थियो । बन्दुकधारीले पर्यटकमाथि गोली चलाएका थिए, जसमा नेपाली रूपन्देही जिल्लाको बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको थियो ।