© २०२३
सल्यान, १४ बैशाख ।
सल्यानका पत्रकार अमृतबाबू बुढाथोकीले रोयल इन्फिल्ड कर्णाली प्रदेश फोटो पत्रकारिता पुरस्कार २०२५ प्राप्त गरेका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजित पाँचौं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५ अन्तर्गत उनी यस पुरस्कारबाट सम्मानित भएका हुन् ।
शनिबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७ औं स्थापना दिवसको अवसरमा आयोजित समारोह तथा पाँचौ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५’ मा बुढाथोकीलाई सभामुख देवराज घिमिरेले सम्मान प्रदान गरेका थिए ।
समाजका विविध पक्षहरू, ग्रामिण जनजीवन र मौलिक कथा फोटो पत्रकारिता मार्फत उजागर गर्दै आएका बुढाथोकीलाई फोटोपत्रकारितामा पु¥याएको योगदानका आधारमा सम्मान गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष समेत रहेका बुढाथोकी हिमालय टेलिभिजन, रेडियो राप्ती लगायतका संचार माध्यमा आबद्ध छन् । सम्मान ग्रहण पश्चात पत्रकार बुढोकीले अवका दिनमा अझै दत्तचित्त भएर पत्रकारितामा निरन्तर लाग्ने हौसला मिलेको बताएका छन् ।