Butwal Today

गुल्मीमा एक हप्तामा १७५ जनाले बनाए राहदानी,नौ लाख राजस्व संकलन

१४ बैशाख २०८२, आइतबार
अ+
अ-

गुल्मी,१४ वैशाख ।

गुल्मीमा एक हप्ताको अवधिमा १७५ जनाले राहदानी बनाएका छन् । गत आइतबारदेखि शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार १७५ जनाको राहदानीका लागि आवेदन संकलन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार १७५ जनाको राहदानी आवेदनबाट आठ लाख ९७ हजार पाँच सय रुपैया संकलन भएको छ ।

यस्तै सोही समय अवधिमा नयाँ नागरिकता २१४, प्रतिलिपि १७९, नावलक परिचयपत्र २६ ,राहदानीको आवेदन सङकलन १७५ राहदानी वितरण १४८, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ६२३, परिचयपत्र वितरण ४७४, संस्था दर्ता तथा नविकरण दुई र ८४ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताए ।

नागरिकहरुले नागरिकतालाई माया नगर्ने, जथाभावी फयाक्ने र सानातीना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउँने बढेको उनको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने कारण पनि अर्को रहेको गैरेले बताए ।