Butwal Today

श्रीमानको किरिया बसेकी महिलाको मृत्यु 

१३ बैशाख २०८२, शनिबार
अ+
अ-
दाङ,१३ बैशाख । दाङमा श्रीमानको  मृत्युमा किरिया बसेकी महिलाको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुरका ६० वर्षका भगवती शर्मा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
आज शनिबार बिहान ९ बजेतिर शर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी  दिए । श्रीमानको क्रिया बसेकी भगवति एक्कासी बिरामी हुँदा राप्ती लाईफ केयर अस्पताल मोतिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रानाले बताए ।
भगवतीका  श्रीमान ८३ वर्षका नारायण आचार्यको गत वैशाख ८ गते १२ बोर २ नाले बन्दुकले छातिमा गोली लागेर मृत्यु भएको थियो । नारायण रेडक्रस दाङका पूर्व सभापति थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?