© २०२३
गुल्मी, १३ वैशाख । गुल्मीको कालीगण्डकी गाउँपालिकाले यही वैशाख १४ गतेबाट विद्यालय संचालन गर्न निर्देशन गरेको छ। कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद बहादुर थापाद्वारा १४ गतेबाट अनिवार्य रूपमा खोल्न निर्देशन दिएको थियो । अध्यक्ष थापाले विद्यालयमा उपस्थिति नभए राजीनामा दिन वा सरुवा भई जानका लागि निर्देशन समेत गरेका छन ।
उनले शिक्षा महासघंको आव्हानमा भएको शिक्षक आन्दोलनले विद्यार्थी भविष्य र विद्यालयको पठनपाठनमा समस्या भएको भन्दै अनिवार्य विद्यालय खोलेर नियमित पठनपाठन संचालन गर्न अध्यक्ष थापाले निर्देशन गरेका हुन।
शिक्षक आन्दोलनका कारण लामो समय सामुदायिक विद्यालय बन्द हुँदा परिक्षाफल प्रकाशनका साथै भर्ना अभियान समेत प्रभावित बनेको छ ।