ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

औद्योगिक क्षेत्रको डुबान समस्याले त्रसित

१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार

नवलपरासी, १३ बैशाख ।
जिल्लास्थित औद्योगिक क्षेत्रका उद्योगबाट हुने वायु प्रदूषण लगायतका समस्या समाधान गर्न तर्फ लागेपनि औद्योगिक क्षेत्रमा अहिले देखिएको डुबान समस्याले उद्योगहरू त्रसित बनेका छन् । सरोकारावाला निकायसँग उद्योग तथा उद्योग बाणिज्य संघका प्रतिनिधिहरूले समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्दै आए पनि सुनुवाई नहँुदा बर्षायाममा डुबान हुने त्रास उद्योगीहरूमा देखिन थालेको हो ।

उद्योगबाट निस्कने धुवाँ र धुलोको आन्तरिक ब्यवस्थापन गरिए पनि उद्योग बाहिरबाट हुने डुबान समस्या समाधानको पहल नभएको औद्योगिक क्षेत्रमा लुम्बिनी पेपर मिल्स प्रालिका कर्मचारीले बताए । यसका लागि उद्योग बाणिज्य संघका प्रतिनिधिसँग पनि डुबान नियन्त्रणका लागि आवश्यक जलनिकास बनाउन आग्रह गरेका थिए । त्यसका लागि उद्योगबाट गर्न सकिने सहयोग गर्न तयार रहेको उनीहरूको भनाई रहेको थियो । केही महिना पहिला उद्योग र संघका प्रतिनिधिले आवश्यक पहल गर्नका लागि जिल्ला समन्वय समिति (जिसस) को ध्यानाकर्षण गराएका थिए । औद्योगिक क्षेत्रको समस्याहरूबारे अध्ययन र जानकारी लिईने शुरक्षित औद्योगिक वातावरण बनाउन अभियान चलाउँदै आएका संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्तले जिसस प्रमुख भगौती प्रसाद यादवलाई जानकारी गराएका थिए ।

औद्योगिक क्षेत्रको विभिन्न समस्या मध्ये अहिले प्रमुख तिन वटा समस्या पहिलो प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्न उपाध्यक्षद्धय पाण्डे र गुप्ताले गराएका थिए । प्रमुख तिन समस्यामा विद्युतको अनियमित कटौती,पर्यटन मार्ग अग्लो हुँदा औद्योगिक क्षेत्र डुबानमा पर्ने हुँदा जलनिकासको उचित ब्यवस्थापन र औद्योगिक क्षेत्रमा काम गर्ने स्थानीय महिला तथा मजदुरहरूको सुरक्षार्थ शुरक्षार्थ प्रहरी विटको स्थापना रहेको उपाध्यक्षद्धयले समन्वय प्रमुखलाई जानकारी गराएका थिए । पर्यटन मार्गले औद्योगिक क्षेत्र डुबानमा पर्ने निश्चित प्राय छ, उद्योग उपाध्यक्ष पाण्डेले भने, सडकको नाली अग्लो बन्दा यस्तो समस्या देखिएको छ, तर अब बैकल्पिक जलनिकासका लागि ढल निकासका लागि पहल गरिदिन प¥यो । ती कार्यमा उद्योगहरू पनि सहकार्र्य गर्न तत्पर छन् । त्यसै गरि विद्युत कटौतीका समस्याबारे पुर्व सुचना गराएर मात्र विद्युत कटौती गर्नु पर्ने उद्योगको आसय रहेको जानकारी गराईएको थियो ।

पुर्व जानकारी गराएर विद्युत कटौती भयो भन्ने उद्योगको क्षति कम हुने भनाई उनको थियो । त्यसै गरि प्रहरी विटका लागि पनि जिल्ला शुरक्षा समितिसँग पहल गरिदिनका लागि जिसस प्रमुख यादवसँग आग्रह गरेका थिए । जिल्लामा एक खर्ब बढिको औद्योगिक क्षेत्रको लगानी छ । यसले अर्बौ रुपिया राजश्व बुझाउँदै आएको छ । हजारौ युवा युवतीलाई रोजगारी प्रदान गरेको छ । यसले जिल्लाको पहिचान पनि बनाएको छ । जिल्ला स्तरबाट पहल गरेर औद्योगिक क्षेत्रको ब्यवस्थापन गर्न सकियो भन्ने आर्थिक चलायमानमा पनि योगदान रहने उपाध्यक्षद्धय पाण्डे र गुप्ताको दाबी रहेको थियो । बरु समन्वय गरेर ति उद्योगसँग समाजिक उत्तरदायित्व भनेर खर्चिने केही आर्थिक स्रोतहरूलाई समेत जिल्लाको समाजिक क्षेत्रको विकासमा योगदान पुग्ने थियो ।

जिल्ला अहिले औद्योगिक हब पनि बन्दै गएको छ, बाणिज्य उपाध्यक्ष गुप्ताले भने, औद्योगिक क्षेत्रलाई चाहिने आवश्यक कच्चा पदार्थको आपुर्ति महेशपुर भन्सार भएर गराउन सकियो भन्ने महेशपुर भन्सारलाई पनि लक्ष्य अनुसारको राजश्व संकलनमा योगदान पुग्ने र उद्योगी ब्यवासायीलाई पनि भैरहवा भन्सारमा लामा लागेर भन्सार छुटाउने समस्याबाट पनि राहत मिल्ने उनले बताएका थिए । भन्सारमा समेत पुगेर औद्योगिक समस्या समाधानका लागि सुझाव लिईने र सरोकारवाला कार्यालयहरूसँग जिससले समन्वय गरिदिनका लागि पनि आग्रह गरेका थिए ।

पर्यटन मार्गको निर्माण गर्दा सडकको दुबै किनारमा बन्ने नाली जमिन सतह भन्दा माथि बनाईदा सडकले औद्योगिक क्षेत्रलाई मात्रै नभई स्थानीय बस्ति र बालीनाली हुने खेतलाई समेत डुबान हुने बताएका थिए । जमिन सतह भन्दा अग्लो नालीले रोस्लान भोड्का उद्योगका कर्मचारीले उद्योग परिसरका पानी अहिले नै पम्पिगँसेटले उक्त नालीमा फाल्न परेको देखाएका थिए । बर्षायामका पानीले तँ उद्योगलाई नै डबाउने छ । सडक अग्लो बनाउदा सबै औद्योगिक क्षेत्र डुबानको चपेटामा पर्ने छ । डुबान सडकले हुदै आएको छ । तर किसानको बाली डुब्दा उद्योगले क्षतिपुर्ति ब्यहोर्न परेको छ । सरकारसँग सुरक्षा माग्दा उल्टै उद्योगहरू डुबानमा पर्ने गरि संरचना निर्माण हुदैछ । एक्ला एक्लै उद्योगीले समस्या उठाउदा सुनुवाई नहुने र विभिन्न क्षेत्रबाट उद्योग प्रति नकारात्मक धारणा राखिने हुदा पनि औद्योगिक क्षेत्रको बास्तविक समस्या समाधान गर्न चुनौती रहेको छ । उद्योगको यो मात्र समस्या छैन्, उद्योग उद्योगको विच सामन्यजस्यता नहुँदा पनि समस्याहरू छन् ।

विद्युत महशुल उद्योगले बुझाएनन्, भन्ने कुरा विद्युत प्राधिकरणले उठाउने गर्छ । केही दिन ढिलो भयो भन्ने जरिवाना तिराई हाल्छ । तर विद्युत आपुर्ति समस्याले उद्योगलाई कति क्षति भयो, त्यसबारे कहिलै विचार पुर्याउदैन् । तर आफ्नो गल्ति स्वीकार गर्दै कहिले गर्दैनन । यो एउटा उद्योग हो, उद्योगका एक प्रवन्धकले भने, तर औद्योगिक क्षेत्रमा पचास भन्दा बढी उद्योगहरू स्थापना भई सकेका छन् । हजारौको संख्यामा कर्मचारी र मजदुर कार्यरत छन् । विद्युत प्राधिकरणले विद्युत काट्ने हो पुर्व जनाउ गरि काट्दा कम्तीमा मजदुरहरूलाई सो दिन छुट्टी दिन सकिन्छ,वा अन्य कामका लागि योजना बनाएर बोलाईन्छ । औद्योगिक क्षेत्रको समस्याका लागि आफुले छिट्टै नै सरोकारवाला कार्यालयहरूसँग समन्वय गरि सार्वजनिक बहस चलाउने र निकास निकाल्ने जिसस प्रमुख यादवले आश्वासन दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?