ट्रेंडिंग:

>> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन

गाउँमै समृद्धिको सपना

१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार

गुल्मी, १३ वैशाख ।

गुल्मी दिगामका कृषकहरू यतिबेला उखुको रसबाट आर्थिक संमृद्धिको खोजीमा जुटन थालेका छन् । जिल्लामा उखुको मुख्य पकेट क्षेत्रको रूपमा रहेको छत्रकोट गाउँपालिका –४, दिगामका कृषकहरूले व्यावसायिक रूपमा उखु खेती गर्न थालेका हुन । ‘लाउँलाउँ र खाउँखाउँ’ भन्ने भर्खरको कलकलाउँदो उमेरमा धेरै युवाहरू रोजगारीको खोजीमा विदेशीयकोे अवस्थामा छत्रकोट गाउँपालिका–४, दिगामका युवाहरू रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला गाउँमै उखु खेती गरेर मनग्ये आम्दानी गर्न थालेका छन् । उनीहरूले संयुक्त रूपमा एक करोडको प्रोजेक्ट बनाएर आफ्नै लगानीमा गाउँमै तीन वर्षदेखि व्यावसायिक उखु खेती गरेर गुडखुदो उत्पादन गर्दै आएका छन् ।

 

गाउँले ग्रुप अफ इन्डस्ट्रीज प्रालि मार्फत उनीहरूले तीन सय रोपनी जग्गा भाडामा लिएर उखु खेती गर्न शुरु गरेका हुन । गाउँमै उखु उद्योग स्थापना गरेर उनीहरूले उखुको विविधिकरण गर्दै आएका छन । आधुनिक मेशिनबाट पेलीएको उखुको रसलाई प्रशोधन गरि गुड र खुदोको ब्रान्डिङ गरिएको छ । कम्पनी मार्फत गाउँका एक सय २५ भन्दा बढी किसानहरूको उखु खरिद गरेर खुदो तथा गुड उत्पादन गर्दै आएका हुन् ।

कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई आवश्यकताका आधारमा उखु प्रशोधनका लागि कम्पनीलाई आधुनिक मेशिन र भट्टी निर्माणका लागि ६ लाख ४५ हजार भन्दा बढी रकम अनुदान उपलब्ध गराएको छ । उक्त रकममा थप गरेर उनीहरूले १२ लाख भन्दा बढी लगानीमा उखु प्रशोधनका लागि मेशिन जडान गरेका छन । उक्त मेशिनबाट यतिबेला प्रति घण्टा २५ क्वीण्टल उखु पेल्ने काम भैरहेको सञ्चालक रामकृष्ण न्यौपानेले बताए । कम्पनीमा उखुको रस प्रशोधन गरेर खुदो र गुड बनाउने गरिएको छ । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रूपैयाँ र खुदो प्रतिलिटर एक सय ८० रूपैंयामा बिक्रि हुँदै आएको छ ।

गाउँमै उखुबाट समृद्धि खोज्न थालेका न्यौपानेले कम्पनी मार्फत तीन महिनाको अबधिमा ८५ लाख बराबरको गुड र खुदो बिक्री गरिसकेको भन्दै यस वर्ष आफूले एक करोड भन्दा बढी बिक्री गर्ने बताए । ‘बजारमा दिगामको गुडखुदो भनेपछि खोजी खोजी लैजाने प्रचलन छ, बजारमा यसको माग पनि अत्यधिक छ, यतिबेला हामीलाई माग धान्न धौधौ परेको छ, उनले भने ।’ कृषि ज्ञानकेन्द्र गुल्मीका बरिष्ट बालि संरक्षण अधिकृत प्रकाश मरासिनीका अनुसार यस वर्ष जिल्लामा पाँच करोड ७० लाख बराबरको गुडखुदो बिक्री भएको छ ।

उनका अनुसार जिल्ला भित्र दुई करोड बराबरको खपत भएको छ भने तीन करोड ७० लाखको गुडखुदो जिल्ला बाहिर निर्यात भएको बताईएको छ । जिल्लाको छत्रकोट र रुरुक्षेत्रमा एक सय ९६ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गर्दछ । जिल्लामा यस पटक पाँच सय ९४ मेट्रिकटन भन्दा बढी गुड खुदो उत्पादन भएको छ । रुरुक्षेत्र गाउँपालिका र छत्रकोटमा गरि छ सय २५ घरधुरीले व्यावसायिक उखु खेती गर्दै आएका छन । गाउँले ग्रुप अफ इन्डस्ट्रीजमा अहिले १५ जना जनशक्ति प्रत्यक्ष रोजगारीमा जोडिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?