ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य
१० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिप

साग भारत र गल्कोटको उपाधि दाबेदारी

१२ बैशाख २०८२, शुक्रबार
१२ बैशाख २०८२, शुक्रबार

बुटवल, १२ बैशाख । रुपन्देहीमा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिपको उपाधिका लागि भारतको साग भलिबल एकेडेमी र गल्कोट भलिबल क्लब भिडने भएका छन । शुक्रबार भएको पहिलो सेमीफाईनलमा भारतको साग भलिबल एकेडेमील गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो । यसैगरि दोस्रो सेमीफाईनलमा गल्कोट भलिबल क्लबले विभागिय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । फाईनल खेल शनिबार हुने छ । यसैगरि तेस्रो स्थानका लागि गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबका बिचको खेल पनि शनिबार नै हुनेछ ।

तिलोत्तमा नगरपालिका–२ स्थित क्लबको खेल मैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो सेट गण्डकी प्रदेश भलिबल संघले २५–२१ अंकका साथ जित निकालेर अग्रता लिएको थियो । तर भारतको साग त्यसपछिको ३ सेट लगातार जित्दै उपाधि दाबेदारी पेश गरेको हो । भारतको साग भलिबल एकेडेमीले २५–२०, २९–२७, २५–१७ को लगातार जित निकाल्दै खेलमा फर्कियो । खेलमा सागका सुरज चौधरी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

दोस्रो सेमीफाईनलमा पहिलो सेट गल्कोट भलिबल क्लबले २५–१८ अंकसहित जित निकालेर अग्रता लिएको थियो । दोस्रो सेट भने त्रिभुवन आर्मी क्लब २५–२३ को अंकले बराबरी गर्यो । त्यसपछि भने गल्कोट लगातार २५–१४, २५–२२ अंकसहित जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । खेलमा गल्कोटका अमिर सेरागत प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद ३ लाख ११ हजार १११ रुपियाका साथै ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २ लाख ११ हजार १११, ट्रफी,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । यसैगरि तृतीय टिमले नगद १ लाख ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना हुने टिमले नगद ६६ हजार ६६६ रुपिया, ट्रफी, मेडल तथा प्रमाणपत्र बाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट प्लेयर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर, उत्कृष्ट कोच र अनुशासित खेलाडीलाई पनि नगद र कपबाट पुरस्कृत गरिने उनले बताए । बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगितामा आठ टिम भाग लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?