ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

रामपुरमा वडाबाटै मेलमिलाप

१२ बैशाख २०८२, शुक्रबार
१२ बैशाख २०८२, शुक्रबार

पाल्पा, १२ बैशाख ।
रामपुर नगरपालिका न्यायीक समितिले वडामा रहेका मेलमिलाप केन्द्रमै पुगेर मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अनुगमन थालेको छ ।नगरपालिकामा रहेको न्यायीक समितिले नगर भित्रका वडामा रहेका मेलमिलाप केन्द्रको अनुगमन तथा अन्तरक्रिया सहित छलफल गरेको छ । समितिले वडामा पुगेर वडाबाट न्यायिक समितिमा दर्ता भएका विभिन्न मुद्दाको छलफल गरि मेलमिलाप समेत गरेको छ । दुवै पक्षलाई सहजताका लागि वडाको मेलमिलाप केन्द्रमै छलफल गरि विवादको मेलमिलाप गराईएको छ । समितिले रामपुर नगरपालिका वडा नं.८ र १० मा रहेको केन्द्रको अनुगमन गर्नुका साथै विवादको मेलमिलाप समेत गराएको हो । समितिले बुधवार वडा नं. १० मा जग्गा साँध सम्बन्धी विवादको छलफल गरि मेलमिलाप गराएको छ ।

नगरपालिकामा सुचिकृत भएका मेलमिलापकर्ताहरूले वडामा गराउने मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अवस्था बारे जानकारी लिन अनुगमन गरिएको रामपुर नगरपालिका न्यायीक समितिका संयोजक एवं उपप्रमुख बाल कुमारी थापाले बताईन् ।विभिन्न प्रकारका मुद्दाको समाधान र मेलमिलापलाई अझ प्रभावकारी बनाउन छलफल सहित अनुगमन गरिएको उनले बताईन् । रामपुर नगरपालिका वडा नं.८ र १० मा रहेको मेलमिलाप केन्द्रको अनुगमन गर्दै न्यायीक समित संयोजक थापाले विवादले समाजमा अशान्ती र अराजकता सिर्जना गरि दुर्घटना समेत निम्त्याउन सक्ने भन्दै दुवै पक्षको जित हुने गरि मेलमिलाप गर्न ध्यान दिनु पर्नेमा जोड दिईन् ।

थापाले मेलमिलाप गर्दा कुनै आग्रह पूर्वाग्रह नराखी कानुनले दिएको अधिकारको पूर्ण प्रयोग गरेर दुवै पक्षलाई न्यायको अनुभूति दिलाउन मेलमिलापकर्ताहरूलाई आग्रह गरिन् । उपप्रमुख थापाले पछिल्लो समय न्यायिक समितिप्रति नगरबासीको विश्वासनियता बढेको भन्दै वडाका मुद्दा वडाको मेलमिलाप केन्द्रबाटै मेलमिलाप गर्न सके सेवाग्राहीलाई सहज हुने बताउनुभयो । उनले शान्त, न्यायीक र मेलमिलाप सहितको समाज निर्माणका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताईन् ।

यस्तै रामपुर नगरपालिका वडा नं.८ का अध्यक्ष दिनेश आचार्यले वडामा भएका विभिन्न प्रकारका विवादको जनप्रतिनिधिले सहजिकरण गर्दै आएको भन्दै मेलमिलाप केन्द्रलाई थप परिस्कृत गर्नुपर्ने बताए । गाँउ टोलमा भएका स–साना झगडा र विवादलाई समाधान गर्न सुचिकृत मेलमिलापकर्ता भए पनि सेवा सुविधा नभएका कारण पनि जनप्रतिनिधि स्वयमले समाधान गर्दै आएको बताए । यस्तै अनुगमन तथा छलफल गर्दै रामपुर नगरपालिका कार्यपालिका सदस्य सिमादेवि थापाले स–साना विवादले समाजिक सद्भाव विथोल्ने भन्दै यसको तत्काल सामाधान र मेलमिलाप आवश्यक रहेको उल्लेख गरे । यसैगरी न्यायीक समितका सदस्य खेमराज अधिकारीले कानुन भन्दा माथी कोही नहुने भन्दै विवादको विकल्प मेलमिलाप भन्दा अरू नभएको बताए ।

यस्तै न्यायीक समिति सदस्य तेज कुमारी नेपाली गैरेले समाजमा हुने हरेक विवादले नकारात्मक असर पु¥याउने भन्दै यस्ता विवादको न्यायोचित रूपमा मेलमिलाप हुन जरुरी रहेको बताए । यस आर्थिक वर्षमा अहिले सम्म ८९ वटा मुद्दा न्यायीक समितिमा दर्ता भएको र त्यस मध्ये ५० वटा मुद्दाको मेलमिलाप तथा समाधान गरिएको न्यायीक समिति सचिवालय सचिव पार्वति परियारले जानकारी दिनुभयो । विवादलाई मेलमिलापको माध्यमबाट न्यायोचित रूपमा समाधान गर्नका लागि नगरपालिका भित्र ३७ जना सुचिकृत मेलमिलापकर्ता रहेका छन् । साथै नगरपालिकाले मेलमिलापलाई प्रभावकारी बनाउन नगरभित्रका १० वटै वडाका मेलमिलापकर्ताहरूलाई ४८ घण्टे अभिमुखिकरण समेत प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?