ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

सानो हतियारको ठूलो त्रास

१२ बैशाख २०८२, शुक्रबार
१२ बैशाख २०८२, शुक्रबार

पाँच दिनअघि पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका बिष्ट क्षेत्री माथि भएको गोली प्रहारको घटनामा कटुवा पेस्तोलको प्रयोग गरियो । घटनामा सानो हतियार प्रयोग भएका कारण गोली प्रहार गर्ने व्यक्ति हतियार लिएरै सजिलै भाग्न सफल भए । कटुवा पेस्तोल गोजीमै अटाउने भएकोले अपराध गर्न निकै सजिलो देखिएको छ । यो एउटा प्रतिनिधि घटनामात्रै हो । यस प्रकारका अपराधजन्य घटना पछिल्लोसमय बढिरहेको छ । खासगरी खुल्ला सिमाको फाईदा उठाउँदै छिमेकी मुलुक भारतवाट सहजै आउने साना हतियार सिमावर्ती तराईका जिल्लामा प्रमुख सुरक्षा चुनौति बनेको छ । गृह मन्त्रालयले केही महिना अघि भैरहवामा गरेको सुरक्षा सम्वन्धि आन्तरिक वैठकमा साना हतियार नेपालका लागि चुनौति वन्ने अवस्था देखिएको ‘ब्रिफिङ’ गरिएको थियो ।

प्रहरी संयन्त्रले गरेको ब्रिफिङ सही सावित भएको छ । अर्थात साना हतियारले ठूलो त्रास सिर्जना गर्ने अवस्था आएको छ । बैशाख ६ गते भएको बुटवलको घटनामा अपराधी मनोबृत्ति भएका व्यक्तिले सजिलै दोकानमा पसेर गोली प्रहार गरि भाग्न सफल भए । यो घटनाले साना हतियारले नेपालको सुरक्षामा थ्रेट गरिरहेको महसुस भएको छ । सुरक्षा चुनौतिका रूपमा देखिएको हतियार मोह नियन्त्रणमा सरकारले गंभीरता नदेखाउने हो भने नेपाल भारत बोर्डरमा मात्रै होइन, नेपालका कुनैपनि नागरिक सुरक्षित नहुने अवस्था छ । नेपाल आफ्नै नागरिकवाट सुरक्षित नहुने विभिन्न घटनाक्रमले पुष्टी गरेको छ ।

निश्चितरूपमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको पहिलो र प्रमुख दायित्व हो । पछिल्लोसमय सरकारले शान्ति सुरक्षा कायम गर्न सफल रहेको दाबी गरे पनि मुलुकभित्र हुने आपराधिक घटना र पक्राउ परेका हात–हतियारका आधारमा तराई मधेश मात्र होइन समग्र मुलुककै शान्ति सुरक्षा सन्तोषजनक छैन भन्ने पुष्टी भैरहेको छ । पछिल्लोसमय अपराधजन्य प्रवृत्ति संस्कृतिकै रूपमा विकास हुँदै गएको देखिएको छ । यो गंभीर बिषय हो । पछिल्लो केही बर्षयताको अवस्था हेर्ने हो भने खुला सिमाको फाईदा उठाउँदै साना हतियारले ठूलो अपराध गरेको देखिएको छ । खासगरि मधेशमा यो अवस्था अझै गंभीर देखिएको छ ।

मधेशमा कटुवा पेस्तोल त सामान्य जस्तै भएको छ । सामान्य रिसईबीमा समेत साना हतियारको प्रयोगले ठूलो अपराधजन्य घटना भैरहेको छ । यसतर्फ संघीय सरकारको ध्यान जानु जरुरुी छ । एक हजार आठ किलोमिटर खुला सिमा रहेको भारत नेपाल सिमानामा चुस्त र दुरुस्त सुरक्षा प्रबन्धको पनि अभाव छ । तराईमा मात्र होइन केही महिना अघि संघीय राजधानी काठमाण्डौंमा समेत एक व्यक्तिको हत्यामा पेस्तोल प्रयोग भएको थियो । साना हतियारका कारण मुलुकका कुनैपनि नागरिकको जीवन सुरक्षित छैन भन्ने देखिएको छ । कसरी रोक्ने साना हतियार ? यो बिषयमा सरकारको ध्यान जाओस् । खासगरि सिमा नाकामा प्रहरी प्रशासनको सकृयता जरुरी छ । अपराध नियन्त्रणका लागि सिमा नाकामा कडाई गर्नुको विकल्प छैन ।

साना हतियारको पहुँचले नागरिकमा त्रास बढ्नुका साथै अस्थिरता पनि बढाउन सक्छ । भारतमा अपराध गर्न नसके नेपाल आएर आपराधीक कृयाकलाप गर्ने गिरोह अहिले पनि सकृय देखिएको छ । हतियारको बलमा विगतमा चन्दा असुली लगायतका काम हुँदै आएको नेपाली जनताले बिर्सिएका छैनन । तसर्थ यो अवस्थामा हतियारले सङ्क्रमणकालमात्र होइन दीर्घकालिन शान्ति सुव्यवस्थामा प्रतिकूलता निम्त्याउने हुँदा हतियार भित्रिने स्रोत पत्ता लगाई पूर्णरूपले निषेध गरिनुपर्छ । भारतसंग सिमा जोडिएका तराईका जिल्ला त्यसै त आपराधिक गतिविधिमा चर्चित छन । छिमेकी मुलुक भारतवाट सहजै आउने साना हतियार आपराधिक मनोबृत्ति भएकाहरूले दुरूपयोग गर्दै आएकोले अव सचेत बन्नुपर्ने अवस्था छ । सुरक्षा चुनौतिका रूपमा देखिएको हतियार मोह नियन्त्रणमा सरकारले गंभीरता नदेखाउने हो भने यो नेपालका लागि सदैव चुनौति बनिरहने भएकोले नेपाल सरकारमात्रै होइन स्थानीय प्रशासनको पनि गंभीर ध्यानाकर्षण जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?