© २०२३
बुटवल, ११ बैशाख । रुपन्देहीमा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिप प्रतियोगितामा गल्कोट भलिबल क्लब र साग भलिबल एकेडेमी भारत विजयी हुदै सेमीफाईनलमा प्रवेश गरेका छन । बिहिबार भएको लिग चरणको अन्तिम दिनको पहिलो खेलमा साग भलिबल क्लबले विभागिय टिम एपीएफलाई ३–० तथा दोस्रो खेलमा गल्कोट भलिबल क्लबले नेपाल पुलिस क्लबका लाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
तिलोत्तमा नगरपालिका–२ स्थित क्लबको खेल मैदानमा भएको प्रतिस्प्रर्धात्मक पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका सागका जिहाद मलिक प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा इरानी र भारतिय खेलाडीहरु सम्मिलित गल्कोट भलिबल क्लबका उत्कृष्ट खेल प्रदर्शन गरेका आमिर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
शुक्रबार दिउँसो ठिक ४ बजे पहिलो सेमीफाइनल खेलमा साग भलिबल एकेडेमी, गुजरातका विरुद्ध गण्डकी प्रदेश भलिबल संघ तथा साँझ ६ बजे दोस्रो सेमिफाइनल खेलमा गल्कोट भलिबल क्लब बाग्लुङका विरुद्ध त्रिभुवन आर्मी क्लब काठमाडौँ खेल्ने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगिता १३ गतेसम्म संचालन हुने छ ।