Butwal Today

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

११ बैशाख २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको भाउमा पुनः उकालो देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो मात्र सुनको मूल्य एकैदिन सात हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९० हजार चार सय रुपैयाँमा झरेको थियो। यसको अघिल्लो दिन, मङ्गलवार, सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो – तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँ

आज चाँदीको भाउ पनि उकालो लागेको छ। हिजो तोलाको एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर दुई हजार १० रुपैयाँ पुगेको छ।

बजार विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव र भूराजनीतिक तनावले सुनचाँदीको मूल्यमा अस्थिरता ल्याइरहेको छ। आगामी दिनहरूमा समेत भाउमा फेरबदल हुने सम्भावना प्रबल रहेको उनीहरूको भनाइ छ।