© २०२३
बुटवल, ११ बैशाख । भारतकोकश्मीरस्थित पहलगाम आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले परिवारलाई जिम्मा लगाएको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयसहितका जनप्रतिनिधि तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको रोहवरमा भारतीय पक्षले उनको शव परिवारको जिम्मा लगाएको हो ।
आफन्तहरुबाट होराईजन चोकस्थित घरमा बिहान श्रद्धान्जली सभा गरि त्रिवेणी धाममा अन्त्येष्ठीका लागि लगिएको छ ।
बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको जम्मु कासणमीर भ्रमणमा गएका थिए । उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।

