ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

आज लोकतन्त्र दिवस, अझै भएन परिवर्तनको अनुभूति

११ बैशाख २०८२, बिहीबार
११ बैशाख २०८२, बिहीबार

आज लोकतन्त्र दिवस । नेपालमा गणतन्त्र स्थापनाका लागि आधार सिर्जना गर्ने १९ बर्ष अघिको त्यो दिन अर्थात आजको दिन साँच्चै नेपालको इतिहासमा गर्व गर्ने लायक दिन थियो । नेपाली जनताको १९ दिने अथक प्रयत्न र बलिदानबाट शाही राजतन्त्र ढलेको थियो । त्यो दिनको स्मरणमा हरेक बर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । तर, बिडम्वना लोकतन्त्र ल्याउन बलिदान गर्ने, घाईते हुनेहरूको पीडा बर्णन गरेर नसकिने अवस्था छ । जुन उद्देश्यका लागि लोकतन्त्र ल्याउने काम भयो, आज त्यो संघर्ष खेर गएको महसुस आम जनताले गरिरहेका छन् ।

अर्थात वितेको १९ बर्षमा जनताले आशा र अपेक्षा गरे अनुरूपको काम हुन सकेन् । जनताको आशा र विश्वास माथि ठेस पु¥याउने काम भएको छ । जनताको आशा, अपेक्षामाथि तुषारापात भएको छ । नेपालमा १९ दिने ऐतिहासिक जनआन्दोलनमार्फत शासनसत्ता जनतामा फर्किएको त्यो ऐतिहासिक दिन थियो । तर, करिव दुई दशक लामो समयमा पनि नेताहरूले देशलाई सही दिशामा अघि बढाउन सकेनन् ।

आन्दोलनका क्रममा कयौं शहिद भए । अझै धेरै त घाईते भए । त्यति ठूलो ऐतिहासिक आन्दोलनमार्फत प्राप्त गरेको लोकतन्त्रको दिर्घायूका लागि जसरी काम हुनुपथ्र्यो, त्यो हुन सकेन । ज्ञानेन्द्रले नेपालको सार्वभौम सत्ता जनतामा निहित भएको स्वीकार गरेको र जनताले सडकमा निस्किएर बिजय जुलुसहित खुसीयाली मनाएको दुई दशक खेर गएको महसुस गर्नुपर्ने अवस्था उत्पन्न हुनु निश्चितरूपमा बिडम्वनाको कुरा हो । मुलुकमा गणतन्त्र त आएको छ तर गणतन्त्रले जनताका मौलिक अधिकार स्थापित गर्न सकेन । अझैपनि जनताका दुःख र पीडा भनीसाध्य छैन् । जनताले राजा फालेर देशमा परिवर्तन ल्याएपनि परिवर्तनको अनुभूति गर्न नपाउनु बिडम्वनाकै बिषय बनेको छ ।

२०६३ सालको ऐतिहासिक आन्दोलन गणतन्त्रको बिजारोपण भएको सुत्रधार आन्दोलन थियो भन्दा अन्यथा हुँदैन । फलस्वरूप गणतन्त्र घोषणा भएको पनि १५ बर्ष ब्यतित भैसकेको छ । तर संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको आशा र अभिलाषा पूरा हुन सकेको छैन् । उल्टो संघीयताको बोझ लादेर देशलाई आर्थिक रूपमा टाट उल्टाउने काम भएको जनगुनासो छ । प्रदेशको नाममा बार्षिक अबौं खर्च भैरहेको छ ।

न प्रदेशले पूरा अधिकार पाएको छ न त प्रदेशले जनताको अपेक्षा पूरा गर्ने अवस्था छ । त्यसैकारण बहुसंख्यक जनता प्रदेश खारेज गर्नुपर्ने पक्षमा रहेको देखिएको छ । प्रदेश खारेज नगर्ने हो भने प्रदेशलाई बलियो र आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । देशलाई राजनीतिक स्थायित्व दिनुपर्नेमा अहिलेपनि दलका नेताहरूको ध्यान कुर्सी बाहेक अन्यत्र नजाँदा देशमा निरासा छाएको छ । अव दलहरू परिवर्तन हुनुको बिकल्प छैन । नेताहरूमा परिवर्तन आएन भने जनताले विकल्प सोच्ने कुरा निश्चित छ । अहिले जनतामा चरम निरासा छ ।

सहिद परिवारले कुनैपनि प्रकारको राहत नपाएको बताईरहँदा उनीहरूको माग सम्वोधनप्रति राज्य कमजोर देखिएको छ । मुलुकको परिवर्तनका लागि यति धेरै त्याग र सहादती भयो तर अहिलेसम्म आम जनताको अपेक्षा र अभिलाषा पूरा हुन सकेको छैन् । विशेषगरी राजनीतिक दलका नेताहरूले राजसी जीवनशैली अपनाएकोमा जनतामा चर्को गुनासो छ । नेताहरू सुविधा भोगी बन्दै गएकोमा जनता खुसी छैनन् । अवको दिनमा देशले जुन परिवर्तन खोजेर ऐतिहासिक १९ दिने आन्दोलन भएको थियो, त्यसको भावना बुझेर अघि बढ्नुपर्ने ऐतिहासिक अभिभारा हाम्रो काँधमा आईपरेको छ । लोकतान्त्रिक शासन व्यवस्थाबाटै परिवर्तनको अनुभूति खोज्ने हो । तसर्थ जनताको आशा र अपेक्षा पूरा गर्ने सवालमा नेपालमा अब आमूल सुधार जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?