ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

चैते धान खेतीको क्षेत्र वर्षेनी घट्दो

११ बैशाख २०८२, बिहीबार
११ बैशाख २०८२, बिहीबार

गुल्मी, ११ वैशाख ।
जिल्लामा कृषकहरूले यो पटक चैते धान रोपाइँ कार्य सम्पन्न गरिसकेका छन् । यहाँका किसानहरूले फागुनको अन्तिम सातादेखि वैशाख महिनाको पहिलो सातासम्म चैते धान रोपाइँको काम सम्पन्न गरेका हुन । जिल्लामा पछिल्लो समयमा बर्षेनी चैते धानको क्षेत्रफल घट्दै गएको छ । आर्थिक २०७९/८० मा तीन सय ४० हेक्टर क्षेत्रफमा चैते धान खेती गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय १९ हेक्टर क्षेत्रफल रहेको थियो भने यस आर्थिक वर्षमा तीन सय दुइ हेक्टर क्षेत्रफल मात्र चैते धान रोपिएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालका अनुसार गत तीन वर्षको तथ्याङ्कको आधारमा जिल्लामा चैते धान उत्पादनको क्षेत्रफल बर्षेनी घट्दै गएको देखिन्छ । जिल्लामा वर्षेनी पाँच प्रतिशतले उत्पादकत्वको क्षेत्रफल घट्दै गएको कार्यालय प्रमुख धितालले बताए ।

गुल्मीमा आर्थिक २०७९/८० मा १५ सय ८१ र आर्थिक वर्ष २०८०/८१ मा १२ सय ८६ मेट्रिकटन चैते धान उत्पादन भएको थियो । गत दुई वर्षको अवधिमा जिल्लामा चैते धानको उत्पादमा ६ प्रतिशतले घट्दै गएको कार्यालयले जनाएको छ । यसरी चैते धानको क्षेत्रफल घट्नुमा मानिसहरूको बाक्लो बसाइँसराई, वैदेशिक रोजगार, उत्पादन लागतमा वृद्धि हुनु, समयमा पानी नपर्नु, जनशक्तिको अभाव लगायतका मुख्य कारणहरू रहेको बताइएको छ ।

यस आर्थिक वर्षमा भने १२ सय २६ जिल्लामा १२ सय मेट्रिकटन चैते धान उत्पादहुने ज्ञान केन्द्रले अपेक्षा गरेको छ । गत दुई वर्षमा ६ प्रतिशतले उत्पादन घटेपनि यस पटक समयमा पानी परेको र उन्नत विउका कारण उत्पादनमा चार प्रतिशत वृद्धिहुने अपेक्षा गरिएको कृषि ज्ञानकेन्द्रका बरिष्ट बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले बताएका छन । चैते धान असार महिना भित्रमा पाक्ने भएका कारण त्यही ठाउँमा पुनः बर्खे धान रोप्ने गरिन्छ । चैते धानको उन्नत जातमा चैते५ र स्थानीय मार्सी रोप्ने गरिन्छ । तर यहाँका कृषकहरूले उत्पादन धेरै दिने भएका कारण उन्नत बिउ प्रयोग गर्दै आएका छन । चैते धान बर्खे धानको तुलनामा चाँडो पाक्ने गर्दछ । कृषि ज्ञान केन्द्रले कृषकरुहलाई मूल बिउ बितरण, सिँचाई, प्राविधिक सेवा लगायतका क्षेत्रमा सहयोग एवं परामर्श दिने गरेको बरिष्ट बाली संरक्षण अधिकृत मरासिनीले बताए ।

जिल्लामा चैते धान हुने मुख्य स्थानहरूमा इस्मा गाउँपालिकाको चौरासी र हुलाके, चन्द्रकोटको मजुवा, सत्यवतीको जोहाङ् खैरेनी, गुल्मीदरबारको खज्र्याङ् र मालिकाको सिमलटारी रहेका छन । जिल्लामा चैते र बर्खे गरी सात हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ । जस अन्र्तगत गत आर्थिक वर्षमा जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा धान दोश्रो खाद्यान्न बालीको रूपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?