© २०२३
कपिलवस्तु, (न्युज बुटवल टुडे) ११ बैशाख
कपिलवस्तुको तौलिहवामा रात्रिकालिन रुपमा सञ्चालन हुदै आएको नवौं प्राचिन कपिलवस्तु महोत्सव शुरु भएको छ । स्थानिय कला संस्कृती प्रचार प्रसार, पर्यटन प्रबद्र्धन र स्थानिय उत्पादन प्रोत्साहनको उद्धेश्यका साथ तौलिहवा उद्योग बाणिज्य संघ कपिलवस्तुद्वारा आयोजित महोत्सवको लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बुधबार राती समुदघाटन गरे । बुद्ध र कपिलवस्तुको पहिचान स्थापित गर्न महोत्सवको भुमिका महत्वपूर्ण हुने उनले दाबी गरे । जिल्लाबासीमा बुद्धस्थलको नागरिक भएको बारे जागरण ल्याउन महोत्सव सहयोगी हुने उनले बताए ।
कपिलवस्तु जिल्लाले पुरातात्विक महत्वको बुद्धस्थल सँगसगै बिगतमा कृषिको उर्वरभुमीको पहिचान भएको क्षेत्र बनाएको पनि उनले स्मरण गरे । पछिल्लो समय आम उपभोक्ता सस्तो बजार मूल्यका कारण भारतिय बजारमा किनमेलका लागी जाने क्रम बढे सगैं तौलिहवा क्षेत्रका व्यापारी र व्यवसायी व्यापार नहुदाँ मर्कामा परेको उनको भनाई थियो । भारतमा सस्तो मुल्यमा सामाग्री पाईन्छ भन्ने भ्रमका कारण आम उपभोक्ता भारत तर्फ किनमेलमा जाने भएकाले नेपाली व्यवसायी मर्कामा परेको बिषयलाई दृष्टिगत गरि खाधान्न र अति आवसकिय घरायसी सामाग्रीको भंसार मुल्य कम गरेर व्यवसायीलाई व्यवसाय गर्न सक्ने बातावरण बनाउनु राज्यको दायित्व हुने पाण्डेयले बताए । वास्तविक कपिलवस्तु ओझेलमा परेको र भारतको कपिलवस्तुलाई कपिलवस्तुको नाममा ब्राण्डिगं गरिदै गएको अहिलेको अवस्थामा वास्तविक कपिलवस्तुमा बुद्धत्व झल्कने कार्यक्रमलाई प्राथमिकता दिई भारतका संसद र प्रदेशसभाका सदस्यलाई आमन्त्रण गरेर कपिलवस्तुको प्राचिनतालाई ब्राण्डिगं गर्न सबै पक्ष सजग हुनु पर्ने पुर्व मन्त्री दान बहादुर चौधरीको सुझाव थियो ।
कुनै बेला खाधान्न र बिशेष गरि कालानमक धानको पकेट क्षेत्रको रुपमा रहेको कपिलवस्तुको हराएको सो पहिचान पुर्नस्थापित गर्न अब सबैले भुमिका निर्वाह गर्न आवश्यक रहेको कुर्मीले बताए । सिद्धार्थ गौतमले २९ बर्ष बिताएको उनको घर रहेको कपिलवस्तुको बिकास पछाडी परेको बिषयलाई दृष्टिगत गरि कपिलवस्तु नगरपालिका, लुम्बिनी साँस्कृति नगरपालिका, रामग्राम नगरपालिका र देवदह नगरपालिकाले संयुक्त रुपमा बुद्ध सर्किटको बिकास गर्ने उद्धेश्यका साथमा योजना अगाडी बढाएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले जानकारी दिए । हालै आफुहरु बुद्धस्थल प्रबद्र्धनका लागी अमेरिकाको दोस्रो ठुलो राज्य टेक्सस गएर आवश्यक समन्वय पश्चात टेक्सास राज्यले हरेक मार्च १३ मा बुद्ध एडभोकेसी डे मनाउने बिलपास गराउन भुमिका निर्वाह गरेको पौडेलले बताए । आगामी समयमा सो राज्यका पर्यटकको आगमन बृद्धि गर्ने योजनाका साथ बुद्ध सर्किट आबद्ध पालिकाहरु कपिलवस्तु सहितका स्थलको पर्यटकिय बिकासका लागी अगाडी बढेको उनको स्पष्टोक्ति थियो । महोत्सवले बुद्धस्थल कपिलवस्तुको पहिचान उजागर गर्दै उद्धमशिलता र स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न सक्नु पर्ने नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
रात्रीकालिन रुपमा सञ्चालन हुदै आएको महोत्सवले कपिलवस्तु र बुद्धको पहिचान स्थापित गरि जिल्लाको प्रचार प्रचारमा सहयोग पुर्याउदै आएको महोत्सवका संयोजक तथा तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए । उनले महोत्सवमा जिल्लाको बुद्धस्थल र पर्यटकियस्थलको तस्बिरात्मक झलक, स्थानिय उत्पादन, कृषी र घरेलु उत्पादन, झुला र बालउद्यान, बालबालिकाका लागी स्केटिगं, राष्ट्रिय र स्थानिय कलाकारको मनोरञ्जनात्मक कार्यक्रमले स्थानिय कलालाई प्रबद्र्धन गर्दै सबैलाई आकर्षण गर्ने उनले स्पष्ट पारे । महोत्सवले जिल्लाको पहिचान र स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न सक्नु पर्नेमा नेपाली काँग्रेसका जिल्ला सहसचिव वजिह अरसदले जोड दिए ।
कपिलवस्तु जिल्लाको पहिचान स्थापित गर्न सबै पक्षको समान दायित्व हुने नेपाल सदभावना पार्टीका केन्द्रिय सह अध्यक्ष कालिपद शर्मा (जानसन) ले बताए । कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, माओबादी केन्द्रका केन्द्रिय सदस्य जित बहादुर चौधरी, राप्रपा जिल्ला प्रवक्ता भुमीराम गिरी, जसपाका जिल्ला सचिव उदयभान यादव, बुद्धपदम माबिका अध्यक्ष आदाज अहमद दर्जी, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, संघका वरिष्ठ उपाध्यक्ष संदिप कुमार श्रीवास्तव लगायतले बोल्दै महोत्सव भव्य बनाएर जिल्लाको प्रचार प्रसार गर्न सबै पक्षको सहकार्यमा जोड् दिए । बैशाख १० देखी २१ गते सम्म तौलिहवाको बुद्धपद्ध मा.बिको खेल मैदानमा सञ्चालन हुने महोत्सवमा ८० वटा स्टल रहेका छन ।
मेला ब्यवस्थापनमा आन्तरिक बिबाद, प्रमुख अतिथि नै फेरिए ।
तौलिहवा उद्योग बाणिज्य संघले आयोजना गरेको मेलामा बिबाद देखिएको छ । अघिल्ला बर्षहरुको मेलाको आय व्यय सार्वजनिक नगरिएको र मेला सञ्चालन अपारदर्शि रहेको भन्दै संघका उपाध्यक्ष अजय कुमार कसौधन, महासचिव देवेश जयसवाल र सचिव बासुदेव वर्मा (अजय) ले महोत्सव आयोजनाको प्रक्रियामा बिरोध जनाएका थिए । महोत्सव आयोजनामा आन्तरिक बिवाद भएको देखिए पछि प्रमुख अतिथीका रुपमा आमन्त्रित गरिएका पुर्वमन्त्री तथा भारतका लागि पुर्व नेपाली राजदुत दिप कुमार उपाध्यायले स्वास्थ्यमा समस्या आएकाले कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिएर कार्यक्रममा सहभागी नभएको खुल्न आएको छ । उपाध्याय कार्यक्रममा सहभागी नभए पछि प्रदेशसभा सदस्य पाण्डेयलाई प्रमुख अतिथी बनाएर कार्यक्रम अगाडी बढाउने योजना आयोजकले तयार पारेका थिए । महोत्सव उदघाटनमा सहभागी अधिकांसले आन्तरिक बिवाद समाधान गरेर महोत्सव सफल बनाउन आयोजकलाई सुझाव सल्लाह दिएका थिए ।