ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बैखी माछा पालनको क्षेत्र बढाउँदै किसान

११ बैशाख २०८२, बिहीबार
११ बैशाख २०८२, बिहीबार

नवलपरासी, ११ बैशाख ।

जिल्लाको प्रतापपुर गाउँपालिका २ सेमरीका अगुवा माछा कृषक भवानीशंकर यादवले अहिले व्यवस्थित गरी माछापालन क्षेत्रफल विस्तार गरेका छन् । उन्नत प्रजातिका माछाले राम्रो आमदनी गर्न सक्ने अघिल्लो बर्षको सिकाईले अहिले माछा क्षेत्रफल १६ विघामा विस्तार गर्दै पोखरीका लागि आवश्यक व्यवस्थित पुर्वाधार थपेको बताएका हुन् ।

नेपालमा भारतको आन्द्र प्रदेशबाट बैखी(पँगास) माछाको माग बढी हुने हुँदा सो माछा नेपालमै उत्पादन गरि नेपाली बजारमा आपूर्ति गर्ने गरी कृषक यादव परिक्षण स्वरूप बैखी माछाको पालन शुरु गरेका थिए । सो प्रजातीको माछा थोरै क्षेत्रफलमा बढी आम्दानी भइरहेको र बजारमा देखिने समस्याबारे पनि अध्ययन पश्चात अहिले त्यसको क्षेत्रफल विस्तार गर्न लागिएको सुनाए । नेपालमा यस्तो माछाको उत्पादन गर्न कठिन छ, भन्ने गर्थे, उनले आफ्नो अनुभव सुनाउँदै भने,तर गरेपछि नेपालमा पनि सहजै उत्पादन गर्न पनि सकिँदो रहेछ । तर माछाको बजारमा केही माछा व्यापारीको एकाधिकार हुँदा बजारको समस्याले यहाँका कृषि प्राविधिकहरूले माछा किसानलाई पंगास माछाका लागि प्राय सिफारिस नगर्ने गरेका छन् ।

समस्या उत्पादनको छैन्, बजार पनि छैन्,उनले थपे, समस्या बजारमा एकाधिकारको छ । त्यो पनि सबै भन्दा बढि माछा खपत हुने काठमाडौंको कालीमाटीमा रहेको देखियो । तर विभिन्न संघर्ष पछि कालीमाटीका ब्यापारीले नेपालमा उत्पादित माछा पनि खरिद गर्ने अवस्थामा आएको उनले सुनाए । समस्याबाट भाग्ने होईन्, समस्याको समाधान खोज्न तिर लागियो भन्ने विकल्प भेटिन्छ नै, त्यो भएर अब आफूले फेरी क्षेत्रफल विस्तार गरि सो माछा पालन गर्ने योजना अगाडि सारेको सुनाए । पंगास माछा अन्य माछा जस्तै थोरै थोरै मारेर (हार्वेस्ट) गरेर बिक्री गर्न सजिलो छैन । एकै पटक पोखरीभरिकै माछा मार्नु पर्छ, किन भने ति माछा बढि संवेदनशील हुन्छन् ।

पोखरीको एक दुई माछा मारियो भने बचेका माछा दाना नै नखाने हुँदा तौल घटेर उत्पादन जोखिम हुने गरेको सुनाए । त्यसैले ठूलो माछाको माछा एकै पटक खपत गर्नका लागि ठूलो बजार चाहिन्छ । त्यो बजार भने काठमाडौ, पोखरा, नारायणघाट जस्ता बजार हुन् । तर त्यहाँ भारतबाट तस्करी गरि ल्याईने माछाको हालीमुहाली हुँदा नेपाली किसानले उत्पादन गरेको माछाले प्रवेश नै नपाउने अवस्था थियो । तर अहिले कृषि मन्त्रालयसम्म नै त्यसको समाधानका लागि संघर्ष गर्दा समाधान भेटियो । गत बर्ष डेढ करोडको माछा बिक्री पनि गरियो । अहिले १६ विघा क्षेत्रफलमा माछापालनको क्षेत्रफल बिस्तार पनि गरिरहेको छु ।

अहिले पोखरीमा माछा खाने चराहरूको पनि आक्रमण बढदै जादा पुरै पोखरीलाई नै जालीले ढाकेर माछापालन गरिरहेको पोखरी उनले देखाए । पोखरीको अनुगमन तथा पोखरीमा पानी आपुर्ति गर्दा लाग्ने विद्युत मिटरमा अनुदान उपलब्ध गराउनका लागि लुम्बिनी प्रदेश सरकारको कृषि तथा मत्यस्य विकास निर्देशनालय सहितको टोलीलाई उनले पोखरीको ब्यवस्थापनबारे अवलोकन समेत गराएका थिए ।

उनले गत बर्ष पनि माछा उत्पादक कृषक समुहलाई राहत हुने गरि केन्द्रिय स्तरमा माछाको मुल्य अध्ययन गर्न कार्यदल गठन गराएका थिए । नेपाली माछाको उत्पादन लागत अध्ययन गरी प्रतिवेदन गर्नका लागि केन्द्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रकी सरिता गौतमको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । जस्मा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका मनोज धिताल कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका प्रतिनिधि, पशु सेवा विभागका प्रतिनिधि,नेपाल मत्स्य ब्यवसायि संघका निरन्जन थापा,माछा व्यवसायी कालीमाटी फलफूल तथा बजार विकास समितिका रामबाबु यादव सदस्य र केन्द्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका प्रशान्त सापकोटा सदस्य सचिव रहने गरि उक्त कार्यदल गठन भएको नवलपरासी माछा उत्पादक कृषक संघका अध्यक्ष समेत रहेका यादवले जानकारी गराएका थिए । सो कार्यदलले माछा किसानको माछा उत्पादन लागतको अध्ययन गरेको थियो ।

पहिला माछा व्यवसायी संघको आफ्नो हालीमुहाली मात्रै थियो, तर देश भरि नै लागु हुने गरी सरकारी र्सयन्त्रबाट माछाको समर्थन मुल्य निर्धारणले माछा पाल्ने किसानलाई घाटा ब्यहोर्ने समस्याको अन्त्य हुने गरि पहल गर्नमा उनी लागेका थिए । नेपालमा भारतीय माछाले बजार पाउने तर नेपाली किसानको माछा बिक्री नहुने अवस्था रहेको थियो । पछि नेपालका किसानले उत्पादन गरेका माछा पनि खरिद गर्न उनीहरू बाध्य भएका थिए । कालीमाटीमा मात्रै दैनिक २५ मे.ट.माछा खपत हुन्छ,त्यसको ७० प्रतिसत औपचारिक माछा पैठारी भारतबाट हुन्छ,अनौपचारिक तस्करीको माछाको त तथ्याँक नै छैन् । अध्यक्ष यादवका अनुसार भारतको आन्द्र प्रदेशबाट प्रति केजी ५५ रुपियामा माछा ल्याएर नेपाली बजारमा भारतीय माछा छ्याप छ्याप्ती बनाईने र नेपाली किसान पोखरीमा माछालाई दाना खुवाउदै बस्ने अवस्था विद्यमान छ ।

उनका अनुसार माछाको वृद्धि हुने एउटा चरण हुन्छ । माछाको वृद्धिको अवधी सकिए पछि खासै वृद्धि हुदैन्,त्यो बेलासम्म माछा बिक्री गर्न सकिएन भने माछा बचाई राख्न दाना लागत बढदै जाने गर्छ । प्रति केजी ५५(भारु) अर्थात ८८ रुपियाको माछा नेपालमा भित्रिदा प्रति केजी दुई सय भन्दा बढि मुल्यमा बिक्री हुने गर्छ । यसले गर्दा अहिले पनि भारतबाट कालीमाटी बजारमा मात्रै दैनिक ५० लाखको माछा खपत हुने गरेको छ, जस्मा माछा ब्यवसायीलाई दैनिक २८ लाख नाफा हुने अवस्था छ,त्यही भएर माछा व्यवसायीहरूले भारतीय नेपाली किसानको माछा भन्दा भारतीय माछालाई प्राथमिकता दिईने गरेका छन् । तर भारतबाट आउने माछा तिन महिनासम्मको बासी माछा र केही रसायनबाट संरक्षित गरेर आउने माछा आम उपभोक्ताका लागि अस्वथ्यकर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?