Butwal Today

जिससका अध्यक्षको निगरानीमा राप्ती दोहन

१० बैशाख २०८२, बुधबार
अ+
अ-

बाँके,१० वैशाख।
जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र चौधरीको निगरानीमा राप्ती नदी दोहान भइरहेको छ । बाँकेको राप्तीसोनारी गाँउपालिकामा नियम विपरित क्रसर उद्योग सञ्चालन भए पनि समन्वय समितिले अनुगमनमै सिमित राखेको छ । अध्यक्ष चौधरीका अनुसार बाँकेमा कति ओटा क्रसर सञ्चालनमा रहेका छन् त्यो ठहाँ भएन र त्यसको बारेमा हामीले विवरण राख्ने काम गरेका छैनौ । उनले भने , हामी अनुगमन गछौँ गरिरहेका छौँ। तर ,उनि जिल्ला समन्वय समितिको अध्यक्ष भएको करिब ३ वर्ष पुगनै लागेको छ तर उनी क्रसर उद्योगलाई कारवाही भने गरेका छैनन् ।

क्रसर उद्योग सञ्चालन गर्नका लागि उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रलय उद्योग विभागका अनुसार वन निकुञ्ज तथा आरक्षा क्षेत्रबाट दुई किलोमिटर, घनाबस्तीबाट दुई किलोमिटर,राज मार्ग राइटअफ वे बाट ५०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक,सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई किलोमिटर हुनु पर्ने हो तर बाँकेको राप्तीसोनारी गाँउपालिका वडा ६ मा स्वार्गद्वरी क्रसर उद्योग र गाणेशपुरवा क्रसर उद्योगले यि कुनै पनि नियम पुरा गरेका छैनन् । ति दुईवटा उद्योग नभएर राप्ती सोनारी गाँउपालिमा सञ्चालन भएका कुनै पनि उद्योग मापदण्ड पुरा नगरेपनि जिल्ला समन्वय समितिको अध्यक्ष ज्ञानेन्द्र चौधरीले कारबाही गर्न सकेको छैनन् । यो सबै देख्दा अध्यक्ष चौधरीको मिलेमतो रहेको देखिन्छ ।

क्रसर उद्योग सञ्चालकहरुले रातदिन राप्ती नदीबाट ढुगां गिट्टी वालुवा दोहन गरिरहेका छन् भने अर्को तिर सम्बन्धित निकायहरु कारबाहीको निर्णय गर्छन तर कारबाही गर्न सक्दैनन् । यस्ता खुलेआम नियम विपरीत अवैध क्रसर सञ्चालन गरेको देख्दा पनि कारवाही नहुनु मिलेमाटे नहुने दुईमत छैन । राप्ती सोनारी गाँउपालिकामा सञ्चालनमा रहेका मध्ये चार ओटा क्रसर उद्योगहरु गाँउपालिकाबाट स्वीकृति लिइसकेको गाँउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । ति चार ओट उद्योगहरुले कुनैपनि मापदण्ड पुरा गरेका छैनन् तर कसरी स्वीकृत भए ?त्यो आफुलाई पनि ठहाँ नभएको बताए । यो कुरा सुन्दा  पञ्छिन खोजिएको देखिन्छ ।

स्वर्गद्वरी र गणेशपुरवा क्रसर उद्योग अवैध र मनोमानी तरिकाले सञ्चालन भइरहेको राप्ती सोनारी गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेलले बताए ।क्रसर उद्योगको अनुगमन तथा कारवाही जिल्ला समन्वय समितिको हो तर खै किन केही गर्न सकिरहेको छैन । कारवाही गर्न नसक्दा गम्भिर अवस्थामा रहेको देखिन्छ । वन क्षेत्रबाट कम्तीमा २ किलोमिटरको दुरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाउने सरकारले नियमै बनाएको छ तर बाँकेको राप्ती सोनारी गाँउपालिकामा पर्ने राप्ती नदीको किनार वरिपरि वन क्षेत्रमै क्रसर उद्योग सञ्चालनमा रहेका डिभिजन जन कार्यालय नेपालगंजका प्रमुख शंकर प्रसाद गुप्ताले बताए । यसरी वन क्षेत्रलाई प्रभाव पारेर क्रसर उद्योग सञ्चालन हुदाँ पनि सम्बन्धित निकाय अहिलेसम्म पनि कारवाही गर्न सकेको छैन । यसरी वन क्षेत्रको किनारमा क्रसर जस्ता उद्योग सञ्चालन गर्दा जनावर र रुखविरुवामा समेत प्रतिकुल असर परिरहेको बताए ।

उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रलय उद्योग विभागका अनुसार सडक क्षेत्रबाट करिब २ मिटरको दुरीमा सञ्चालन गर्नदिनु पर्ने हो तर बाँकेको राप्ती सोनारी गाँउपालिका अन्तर्गत नेपालगंज देखि अगैयाको हुलाकी लोक राजमार्गमै टाँसिएर क्रसर उद्योग सञ्चालन भएका छन् तर पनि सम्बन्धित निकायले कारबाही गरेर अन्यत्र सर्न नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बाँकेका प्रमुख लिला बहादुर भण्डारीले बताए ।

क्रसर उद्योग सञ्चालनको लागि बाँकेमा धेरै उद्योगहरु नियम पालना नगरेको जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र चौधरीले बताए । उनले भने, हामीसँग अहिलेसम्म कुनै पनि क्रसर उद्योगको विवरण छैन कारबाही कसरी गर्ने । विवरण नभएर एक्लैले जिल्ला समन्वय समितिले कारबाही कुनै हालतमा गर्न सक्दैन् । यो सब देख्दा अध्यक्ष चौधरीको मिलेमटो छैन भन्न सकिन्न ।यसरी खुलेआम प्रशासनलाई चुनौती दिँदै उद्योग सञ्चालन गर्नु जिल्ला समुन्वय समितिसँगको मिलेमतोमा मात्र गर्न सक्ने देखिन्छ । विभागले लागु गरेको नियम पालना नगर्नु मिलेमतो छैन भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?