© २०२३
काठमाडौं ।
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।
जसअनुसार नेपाली बजारमा सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।