ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

सवारी कारबाहीबाट करोड बढी राजस्व

१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

चन्द्रौटा, १० बैशाख ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले एक करोड बढी राजस्व संकलन गरेको छ । चाल आर्थिक बर्ष २०८१/०८२ को चैत मसान्तसम्म १ करोड १४ लाख ५५ हजार ५ सय राजस्व संकलन गरेको हो । ट्राफिक नियम उल्लघंन गरेका १० हजार ७ सय ८८ सवारी साधन कारवाहीबापत राजस्व संकलन गरेको ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीले जानकारी दिए ।

सवारी कारवाही भएका मध्ये सबैभन्दा बढी ट्रक रहेका छन् । ट्रक मात्र ४ हजार ७३ वटा कारवाहीमा परेका छन् । भने दोस्रोमा मोटरसाईकल ३ हजार १ सय ३२ वटा कारवाहीमा परेका छन् । जीप, कार र भ्यान २ हजार २ सय ७१ वटा कारवाहीमा परेका छन् । त्यसैगरीे बस ७ सय १० वटा रहेका छन् । भने ट्रेक्टर ३ सय २१ र अटोरिक्सा २ सय ८१ वटा गरि कूल १० हजार ७ सय ८८ सवारी साधन कारवाहीमा परेकोे प्रहरी निरीक्षक चुदालीले बताए । दिनप्रतिदिन सवारी साधनको चाप बढ्दै गएकोले ९ महिनामै ट्राफिक नियम उलंघन बढी भएको हँदा राजस्व बढ्दै गएको छ ।

दुर्घटना न्यूनीकरण गर्न पछिल्लो समय ट्राफिक प्रहरीको सक्रिया बढेको प्रहरीको दावी छ । यस्तै २ सय ६३ भएको सवारी दुर्घटनामा ५२ जनाको मृत्यु भएको छ । भने ४ सय ७ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको तथ्यांकमा उल्लेख छ । ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । दुर्घटना न्यूनीकरण गर्नका लागि सडक, विद्यालय जस्ता सार्वजनिक स्थलहरूमा ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको जनाइएको छ ।

अभियानमा कपिलवस्तु जिल्लाको विभिन्न स्थानहरूमा गरी १ हजार ४ सय ५९ वटा कार्यक्रम गरिएको उनले बताए । उनका अनुसार कार्यक्रममा ५३ हजार २ सय २७ जना सवारी चालकहरूसँगै आम सर्वसाधारण समेत लाभाम्वित भएका छन् । “जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उलङ्घन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ ।”: जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु गोरुसिंगेका निरीक्षक चुदालीले भने । सवारी साधनका आ–आफ्ना समिति तथा नीति नियम रहेकाले सवारीले नियम उलङ्घन गरे उनीहरूले दोहोरो जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ ।
ट्राफिक नियम उलङ्घन गरी सार्वजनिक यातायातमा सिटभन्दा बढी यात्रु बोक्नु, कागजात नवीकरण नगरेको, हेल्मेट प्रयोग नगरेको, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेको सवारीलाई कारवाही गरि राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?