ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

बचतकर्ताको रकम फिर्ताको पहल गर

१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

बुटवलको सनराईज सहकारीका सञ्चालक फरार भएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन् । यसअघि बुटवलकै सुप्रिम सहकारीका पीडित बचतकर्ताहरूले अहिलेसम्म पैसा फिर्ता पाएका छैनन् । पछिल्लोपटक सहकारी ठगीको घटना बाहिरिएपछि बचतकर्ताहरूको करोडौं रकम डुब्ने अवस्था उत्पन्न भएको छ । २०७८ सालमा लुम्बिनी प्रदेशको सहकारी दर्ता रजिष्ट्रार कार्यालयमा दर्ता भएर बुटवल उपमहानगर वडा नं. ११ देवीनगरमा सहकारीले कार्यालय खोली बचतकर्ताहरूसँग रकम संकलन गर्दै आएको थियो ।

तर, २०८१ चैत ३१ गतेदेखि कार्यालयमा सूचना टाँस गरेर सहकारीका अध्यक्ष बसन्त भट्टराई र कोषाध्यक्ष आकाश भट्टराई सम्पर्कविहीन भएका छन् । रूपन्देहीमा सहकारी ठगीको करिव आधा दर्जन घटना सार्वजनिक भएका छन । यो घटनाले पछिल्लो समय बजारमा सहकारीको ठगीधन्दा ह्वात्तै मौलाएको देखिएको छ । सहकारीहरू भाग्ने क्रम अहिले पहिलेभन्दा पनि बढी भएको घटनाक्रमहरूले देखाएको छ । सहकारीका कारण हिजो पनि धेरै आम नागरिक सडकछाप भएका थिए भने अब झन् बढी हुने निश्चित छ ।

सहकारीले गर्दा आफ्नो घरखेतलगायत अन्य जेथो सखापै भएको गुनासो गर्ने व्यक्तिहरू पाइलैपिच्छे भेटिन्छन् । आम जनताले दुःख गरेर खाइनखाई कमाएको पैसा कुम्ल्याएर सहकारी फरार हुँदा पनि सरकार सहकारी पीडितहरूको पैसा फिर्ता गर्ने सवालमा त्यति गंभीर हुन सकेको छैन । अहिले सहकारीमा पैसा जम्मा गर्नेहरू जोखिममा छन । राम्रा भनिएका सहकारीका सञ्चालकहरू नै भाग्न थालेपछि कस्को विश्वास गर्ने ? प्रश्न उत्पन्न भएको छ । सहकारीमा पैसा जम्मा गरेकाहरूको मुहारमा त्रासको अवस्था छ ।

राज्यले जनताको पैसा बचाउन पहिल्यै नै सचेतना दिनुपर्ने होइन र ? सडकको धुलो खाएर मकै बेच्ने र नाङलो व्यापारीजस्ता गरिबको पैसा लिएर सहकारीका सञ्चालक भागेका छन् । कति सहकारी भागिसके र कति धरासयी अवस्थामा छन् । यसको विवरण सहकारी विभागसँग छैन । यो गंभीर लापरवाही हो । बुटवलका बचतकर्ताहरू ब्याजको लोभ र आवश्यक परेको बेला ऋण पाईन्छ भनेर सहकारीमा दैनिक पैसा जम्मा गरिरहेका थिए ।

जनताको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही गर्नुपर्ने जिम्मा सरकारको हो । उनीहरूले रगतपसिना चुहाएर कमाएको पैसाको सुरक्षा गर्नु पनि सरकारको जिम्मेवारीभित्र पर्दछ । सहकारीको नीति नियम बनाउने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हो । सहकारी नियमनमा सरकार किन निष्कृय छ ? प्रश्न उत्पन्न भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण बाहिर आउँदै गर्दा अरू सहकारीको अवस्थाका बिषयमा सरकारले निगरानी र नियमन गर्नुपथ्यो तर सरकार मूकदर्शक बन्यो । सहकारी र मिटर ब्याजका कारण पीडित भएकाहरू कतिपयले आत्महत्या गर्नुपर्ने अवस्था आएको सुन्नमा आएको छ । सहकारीले गर्दा धेरैको उठीबास भएको छ ।

सहकारीबाट यत्रो जनता पीडित हुँदा पनि सरकार यो समस्या समाधानमा चासो देखाउँदैन । अरू सहकारीको ठग्ने धन्दा पनि मौलाउँदै गएको छ । दैनिक बचत गर्नेले ब्याजसमेत पाएका छैनन् । सहकारीका कर्मचारीहरूले दिनभरि बजारबाट रकम संकलन गर्ने र बेलुका त्यही पैसा मँहगो ब्याजमा लगाउने गरेको समेत फेला पर्नुले सहकारीहरू बिघटनतर्फ उन्मुख हँुदै गएको हो कि भन्ने आशंका उत्पन्न भएको छ । सहकारी खोल्ने, जनता ठग्ने अनि आफूलाई पुग्ने कमाएपछि कुलेलम ठोक्ने प्रवृत्ति बढिरहेको छ । हिसाबकिताब देखाउन नसकेर अहिले कतिपय सहकारीले साधारण सभा नै गरेका छैनन् । अबको दिनमा बढी ब्याजको प्रलोभनमा परेर घरजग्गा बेचेर सहकारीमा लगेर पैसा राख्नेहरू चनाखो हुनुपर्छ । सनराईज सहकारीका फरार सञ्चालकहरूलाई पक्राउ गरि बचतकर्ताको रकम फिर्ता गराउनेतर्फ सरकारको पहल होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?