© 2026
बुटवल, ९ बैशाख । रुपन्देहीमा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिप प्रतियोगितामा आयोजक मणिमुकुन्द भलिबल क्लब र विभागिय टिम नेपाल पुलिस क्लब विजयी भएका छन् । मंगलबार भएको चौथो दिनको पहिलो खेलमा मणिमुकुन्दले विभागिय टिम एपीएफलाई ३–० तथा नेपाल पुलिसले कोशी प्रदेश भलिबल क्लबलाई ३–० कै सोझो सेटमा पराजित गरेको हो ।
तिलोत्तमा नगरपालिका–२ स्थित क्लबको खेल मैदानमा भएको एक तर्फी खेलमा आयोजक मणिमुकुन्दले विभागिय टिम एपीएफलाई २५–१८, २५–१५, २५–२२ अंकले पराजित गरेको हो । खेलमा आयोजक मणिमुकुन्दका रेशम बिक प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि चौथो दिनको आठौ खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेश भलिबल क्लबमाथि पहिलो सेट २५–२२, २७–२५, २५–१८ अंकका साथ जित हासिल गरेको हो । खेलमा
लिग चरणकै पाचौ दिन बुधबार पहिलो खेल गल्कोट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लब तथा दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लब र त्रिभुवन आर्मी क्लबका बिचमा हुने खेल संयोजक सुरेन्द्र गुरुङले बताए । बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगिता १३ गतेसम्म सन्चालन हुने छ ।