© २०२३
नवलपरासी ।
नारायणगढ–बुटवल सडक खण्डको नवलपरासी दाउन्ने क्षेत्रमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसेपछि गाडी र यात्रु रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यो सडक खण्डको दुवैतर्फ गाडी आवागमन पूर्णरूपमा अवरुद्ध हुँदा सयौं गाडी जाममा परेका छन् । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।