नवलपरासी पश्चिम् ।
हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियानका क्रममा पश्चिम् नवलपरासीमा रहेका पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अलपत्र हुलाकी सडकका बारेमा ध्यानाकर्षण गराईएको छ ।
बर्षौ देखि अलपत्र रहेको पश्चिम् नवलपरासीको नारायणचोक देखि बेलाटारी सम्मको सडक खण्डका बारेमा प्रतापपुर गाउँपालिकाले ध्यानाकर्षण गराएको हो ।गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले सडक मर्मतका लागि सम्बन्धित निकायमा पहल गरिदीन आग्रह सहित ध्यानाकर्षण पत्र बुझाएका हुन ।
नारायणचोक देखि बेलाटारी सम्मको झण्डै ७ किलोमीटर सडक ६ बर्षदेखी अलपत्र भै निर्माण कार्य अघि बढ्न सकेको छैन ।ठेक्का पाएको महालक्ष्मी बज्रगुरु जेभीले काम नगर्दा यो सडक अलपत्र बनेको हो ।पालिकाका अध्यक्ष सहित जनप्रतिनिधि आमरण अनसन बसेर प्रदेश देखि केन्द्र सम्म दवाब दिएपनी काम नभएको अध्यक्ष यादवले प्रचण्डलाई जानकारी गराएका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले।सडकका बिषयमा ध्यानाकर्षण भएको बताउँदै काम अघि बढाउनका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष यादवले उखु र केरा उत्पादन कृषकका समस्या अवगत गराउदै गण्डक नहरमा भएका जिर्ण पुलको मर्मतका लागि कुटनैतिक माध्यमबाट पहल गरिदिन आग्रह गरेका छन ।