© २०२३
बर्दिया, २७ चैत्र ।
गाउँ पसेर स्थानीयका गाई, गोरु, बाख्रा खाने बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले गेरुवा गाउँपालिकाको जनकनगरस्थित सामुदायिक वनबाट मंगलबार राति नियन्त्रणमा लिएको छ ।बाघको आतंकले स्थानीय त्रसित बनेपछि निकुन्जले उक्त बाघलाई नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा मंगलबार राति नियन्त्रणमा लिईएको निकुञ्ज प्रशासनले जनाएको छ । बाघ नियन्त्रणका लागि चैत्र २४ गते देखि टोलीहरु लागि परेका थिए । नियन्त्रणमा लिएको बाघलाई ठाकुरद्वारामा राखिएको छ । पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् ।