© २०२३
अर्घाखाँची, २५ चैत ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका र राष्ट्रिय सहकारी बैंक बिच छत्रदेवका २८ वटा सहकारी संस्थाको सबलीकरणका लागी सम्झौता भएको छ । छत्रदेवमा रहेका सहकारी संस्थाको अवलोकन गरी सहकारी बैंकको तर्फबाट अनुगमन गरी आवश्यकताअनुसारको निर्देशन दिईने भएको छ । लुम्बिनी प्रदेश अन्र्तगत सहकारी बैंकले छत्रदेवमा मात्रै गाउँपालिका र सहकारी बैंकको साझेदारीमा सहकार्य गरि कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो ।
छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थीको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे र राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले हस्ताक्षर गरि सम्झौता गरेका हुन् । जिल्ला सहकारी संघ अर्घाखाँचीको पलहमा भएको सम्झौता कार्यक्रममा छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष नारायण पाण्डे, जिल्ला सहकारी संघका सचिव घनश्याम पौडेल, छत्रदेव सहकारी शाखा प्रमुख सन्तोष भुसाल लगायतको उपस्थिति रहेको हो ।
सहकारी बैंकले छत्रदेवमा सहकारी संस्थाको सबलीकरण अन्र्तगत तालिम सञ्चालन गर्ने, अनुगमन गर्ने, निर्देशित गर्ने सहकारी बैंक बुटबल शाखा प्रमुख नारायण बेल्वासेले बताए । छत्रदेवमा रहेका साना ठुला सहकारीको स्थलगत अनुगमन गरी गल्ती गरेका भएर सुधार गरीने र कारोबार रकम, शेयर सदस्य कम भएका सहकारी संस्थाहरूलाई आवश्यकताअनुसार ठाउँ पहिचान गरी मर्जका लागि गाउँपालिकालाई जानकारी गराईने छ ।