© २०२३
परासी, ३ मंसिर ।
पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरण विपरितको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारी बाट हटाईएको छ ।
शनिबार मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा बर्दघाट १३ मा रहेको दुर्गा आधारभुत माविमा खटिएका मतदान अधिकृत श्याम मणी प्रसाद मण्डल दिउँसो मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा निदाएका थिए । उनलाई तत्काल जिम्मेवारीबाट हटाई आवश्यक कारवाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । मण्डल सहायक वन अधिकृत हुन् । उनको स्थानमा वैकल्पिक व्यवस्था गरी कर्मचारी खटाईएको छ ।
दुई दिन अगाडि निर्वाचन सामग्री बुझ्ने दिन पनि एक जना मतदान अधिकृत मादक पदार्थ सेवन गरी निर्वाचन अधिकारीहरुसँग झगडा गर्न खोजेपछि जिम्मेवारीबाट हटाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।