ट्रेंडिंग:

>> कोशीका पुर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइदै >> सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नियुक्ति >> करिब एक सय किलोग्राम गाँजासहित एक जना पक्राउ >> लामिछाने पक्राउ पर्दैमा रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन- देउवा >> तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली >> छठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक >> लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई >> मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ >> सबै ‘स्विङ स्टेट’ जितेर ट्रम्पले बनाए इतिहास >> भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै >> ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती >> इन्टर मियामी एटलान्टासँग स्तब्ध, एमएलएस कपबाट बाहिरियो >> पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान >> महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती मनाइदै >> रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै >> पूर्ण बहादुरको सारङ्गीले बनायो नयाँ किर्तिमान एकै दिन पायो ४६५ भन्दा बढी शो >> सरकारः उपनिर्वाचन भयरहित बनाऊ >> तिललाई पहाड बनाउने काम नगरौं >> शैक्षिक प्रणालीमा परिवर्तन भएन: मन्त्री तिमिल्सिना >> बन्ला त बुटवलमा फर्निचर ग्राम ? >> कक्षा ११ र १२ अनुत्तीर्ण १४ लाख विद्यार्थीले मौका परीक्षा दिन पाउने >> ‘खर्ब बढी लगानीमा उद्योगीप्रति सरकारको वेवास्ता’ >> यू-१९ महिला टी-२० विश्वकप छनौटमा नेपाल र थाइल्याण्ड खेल्दै >> पहाडी भूभागमा वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना >> तराईको प्रचण्ड गर्मीमा स्याउ खेती >> एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ? >> क्यालिफोर्नियामा नगर सदस्यमा भट्टराई निर्वाचितः गृहनगर तिलोत्तमामा खुशियाली >> रोटरी क्लव अफ बुटवल चौतारीको रक्तदानमा ६६ युनिट रगत संकलन >> नौलो बहुउद्देश्यीय सहकारीको साधारणसभा >> सहकारी वा मानव तस्करीमा संलग्न प्रकरण होस् सबै कानुनी दायरामा आउनुपर्छ- महामन्त्री थापा >> नेपाल युएईसँग पराजित >> गैडहवाको सूर्यपुरामा भव्यताका साथ मनाइयो छठ >> पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : १७१ यात्रु ल्याएको जजिराले १६८ जना लिएर उड्यो >> गौतम बुद्ध विमानस्थल आइपुग्यो जजिराको विमान >> एमाले केन्द्रीय सल्लाहकार पोखरेलको निधन >> समयः एक अमूल्य सम्पत्ति >> ८७ जनामा डेङ्गुको सङ्क्रमण >> वडामै भत्ता पाउँदा लाभग्राहीलाई सहजता र सुबिधा >> कोलनगरमा बर्मी भिक्षुको चासो >> कलाका त्रिवेणी बेन >> डाइलासिस गर्नेलाई पालोको सकस >> बर्दघाटमा बंगुर फर्मः वर्ष दिनमा ढाई करोडको बिक्री >> आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै >> गौतमबुद्ध विमानस्थलमा आज एकैदिन तीनवटा अन्तर्राष्ट्रिय उडान >> कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य मनोनित >> महिला अधिकार महासन्धि छायाँ प्रतिवेदनका लागि लुम्बिनीमा सुझाव संकलन >> निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए केदार

पाल्पाका सवै केन्द्रमा निर्वाचनको तयारी पूरा

३ मंसिर २०७९, शनिबार
३ मंसिर २०७९, शनिबार

पाल्पा, ३ मंसिर ।

आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचनमा पाल्पा जिल्लामा रहेका सवै मतदान केन्द्रमा निर्वाचनको तयारी पुरा भएको छ ।

२ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचनका लागि पाल्पामा सम्पन्न गर्न १ हजार ९ सय ७२ कर्मचारी र ७ सय ९ जना प्रहरी र १ हजार २ सय १५ म्यादी प्रहरी खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख रुक्मागत अर्यालले ११८ मतदान स्थलमा तयारी पुरा भएको वताए ।

यसैबीच पाल्पामा नमुना मतदान केन्द्रको रुपमा तानसेन वडा नं.२ मा सवै महिला कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् । मतदानमा खटिएका कर्मचारीले निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सवै तयारी पुरा गरेका छन् । वुथ निर्माण, सवै खाले मतदाताहरुको लागि छुट्टाछुट्टै लाईन वस्ने स्थल निर्माण, निषेधित क्षेत्र लगायतका स्थल निर्माण साथै विभिन्न आचारसंहिताका व्यानर पम्प्लेट टास पुरा गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाले एउटा नमुना मतदान केन्द्र वनाउनै भनेर महिला कर्मचारीहरु मात्र त्यस केन्द्रमा खटाएको हो । नमुना मतदान केन्द्र रहेको पाल्पा तानसेन २ रेडक्रसको निर्वाचन अधिकृत मिना ढकालले सवै महिला कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने प्रतिवद्धता गरेको बताइन् । १६ जना महिला कर्मचारी र १२ जना सुरक्षाकर्मी सहित २८ जनाले मतदान केन्द्र सम्हाल्ने ढकालले वताइन् ।

पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता छन् । प्रतिनिधि सभा र प्रदेश सभाको लागि ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जस मध्ये ६ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

मतगणना स्थल समेत निर्माण सम्पन्न भैसकेको र मतगणनाका दिन आमजनतालाई सुसुचित गराउनलाई जिल्ला निर्वाचन कार्यालय पाल्पा र पत्रकार महासंघ पाल्पाको समन्वयमा संचार डेस्क समेत निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?