© २०२३
भैरहवा, ३ मंसिर ।
रूपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. ३ का उम्मेदवार दिपक बोहराको घर र पार्टी कार्यालय वरपर चेकिङको नाममा प्रहरीले ज्यादती गरेको स्थानीयले गुनासो गरेका छन् ।
गृहमन्त्री आफै चुनावी मैदानमा भएका कारण प्रहरीले प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक बोहरालाई लक्षित गरी पार्टी कार्यालयको पश्चिम, पुर्व, दक्षिण तर्फ प्रहरीले चेकिङलाई कडाइ गरेको हो ।
पुर्व, पश्चिम दुवै तर्फबाट प्रहरीले चेकिङको नाममा झोला, शरीर खांन तलासी गरेको राप्रपा, एमाले र जसपा तीन दलीय निर्वाचन परिचालन समिति क्षेत्र नं. ३ क का संयोजक अजय कुमार गुप्ताले बताए ।
स्थानीय अब्दुल खांनले बजारबाट तरकारी किनेर आउँदा तरकारीको झोला समेत चेक जांँच गरी १५ मिनेटमा रोकेर दुःख दिएको बताए । यसैगरी दिपक बोहराको घर अंगाडि हुंँदै स्कुटरमा आउंँदा प्रहरीले खानतलासी गरेको निमा थापाले बताइन् । उनले भनिन्, “म घर आउने बाटो सधैभरी बोहराको घर अंगाडिबाट आउने हो तर हिंजो र आज धेरै दुःख पाइयो ।”
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले भैरहवा शहरमा वरपर नियमित चेक जांँच गरिएको बताए । पाँचदलीय गठबन्धनबाट नेपाली कांँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खांँण र ३ दलीयबाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा उम्मेदवार रहेका छन् ।