ट्रेंडिंग:

>> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय

नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

काठमाडौं ।

‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ।  भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन्।

नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ भक्तपुरमा ११ दिनसम्म सञ्चालन हुनेछ। ‘महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु हुनेछन्,’ अध्यक्ष महतले भने।

औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ। मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टल रहनेछन्।

महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी आयोजको रहेको छ। महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुनेछ, संयोजक थापाले पत्रकार सम्मेलनमा भने।

पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ। राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशर्न याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ।

मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको र महोत्सवमा १ सय ५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए।

मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न रु। ५० र रु। ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ। यद्यपी विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए। साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ–२०८२ को समेत आयोजना गर्न लागेका संस्थाले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?