ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

तिलोत्तमा गोल्डकपः चर्च ब्याईज र एपीएफमा बलियो को ?

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

बुटवल, १६ चैत ।
रूपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिताको उपाधिका लागि शनिबार ‘ए’ डिभिजन विजेता चर्च ब्याईज युनाईटेड र विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ क्लबका बिचमा खेल हुँदैछ ।चर्च ब्वाइज र एपीएफबीच यो सिजनमा दोस्रो भेट हो । यसअघि सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा एपीएफलाई सेमीफाईनलमा चर्च ब्याईजले पराजित गरेको थियो । जारी प्रतियोगितामा एपीएफले पहिलो खेलमा आयोजक रूपन्देही ११ लाई १–० तथा सेमीफाईनलमा संकटा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनल पुगेको हो । यता चर्च ब्याईज भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ट्राईबेकरमा तथा सेमीफाईनलमा मच्छिन्द्र एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । जारी प्रतियोगितामा संकटाका सृजनराज गौतमले ब्यक्तिगत ४ गोल गरेका छन् भने चर्च ब्याईजका अरमान बिउडोन सेमीफाईनलमा आफ्नो ह्याट्रिक पुरा गरेका छन । अरमान सर्वाधिक गोलकर्ताको दाबीदारीमा एक गोलले पछि छन् । फाईनलमा उनको खेल टिमको जितका लागि निक्कै महत्वपूर्ण रहने छ ।

यसैबीच देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा शुक्रबार गरिएको प्रि म्याच कन्फ्रेन्स गरिएको छ । पहिलो चोटी जिम्मेवारी वहन गरेका एपीएफका कोच टोप बहादुर बिष्टले उपाधि जितेर ईतिहास रच्ने दाउमा छन । सकारात्मक सोच र युवा खेलाडी जितको आधार भएको उनले बताए । ‘सबै खेलाडी स्ट्रोङ मेन्टालिटी र स्ट्रेस फ्रि छौं,’–उनले भने । एक जना रातो कार्ड पाउँदै टिमबाहिर भएपनि बिकल्पमा युवा खेलाडी भएको हुँदा खेलमा अझ प्रभावकारी हुने उनले बताए । ‘टिम वर्क कै जितको आधार हो,’–उनले भने । टिममा सेट प्लेयर हुदा एउटै समझदारी हुँदा पनि खेलमा एकरूपता आउने उनले बताए ।

लामोसमयदेखी एउटै टिम रहेको हुदा जितको आधार भएको एपीएफ क्याटेन हरि कार्कीले बताए । मोफसलमा एकमात्र चर्चित र बलियो टिमका रूपमा चर्च ब्याईज भएको हुँदा पनि साख जोगाउने कोच आसिक थापामगरले दाबी गरे । ‘हामी जितेर छौं’–उनले भने । नेपाली टिममा विदेशी खेलाडीहरू सहभागी हुदा खेल अझ राम्रो बन्ने उनले बताए । एपीएफ सेट टिम भएपनि आफूहरू कमजोर नरहेको उनले बताए ।चर्च ब्याईजका क्याप्टेन फाकुने एबायोमी प्रतिपक्ष बलियो र सेट टिम हुदा पनि आफुहरूलाई जित निकाल्न सहज नहुने बताए । ‘फाईनल खेलमा धेरै च्यालेन्ज हुनेछ,’–उनले भने । आफूहरू खेलमा सुधार ल्याउने उनले बताए ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रूपैयाँ, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रूपैया तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रूपैयाबाट पुरस्कृत गरिने छ । यो वर्ष आयोजक करेन्ट रूपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरू एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?