© २०२३
बुटवल। १६ चैत ।
लेखा समुह रुपन्देहीको स्थापना दिवसको अवसरमा मानवसेवा आश्रममा भोजन सेवा प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रको आयोजना गरी मानवसेवा आश्रम बुटवल शाखामा भोजन बापत १० हजार रुपैयाँको चेक प्रदान गरिएको हो ।
समुहका अध्यक्ष देव बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश लेखा नियन्त्रण कार्यालय प्रमुख तथा संरक्षक दिपक ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कर्मचारी संगठन जिल्ला अध्यक्ष कमल पराजुली, कर्मचारी युनियन अध्यक्ष चक्रपाणी पाण्डे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा लेखा समुह रुपन्देहीका उपाध्यक्ष हरि प्रसाद ज्ञवाली, कोषाध्यक्ष मधु प्रसाद भट्टराई, सदस्य शोभाखर ज्ञवाली, तुल्सी प्रसाद श्रेष्ठ, चक्रपाणी पाण्डेय लगायतको उपस्थिति रहेको थियो । समुहका सचिव ओमेस गैरेले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।