© २०२३
काठमाडौं ।
गणतन्त्र पक्षधर र राजावादीको प्रदर्शनका कारण काठमाडौं उपत्यका भित्र यातायात प्रभावित भएको छ ।
दुवै पक्षको र्याली र सभाका कारण काठमाडौंका मुख्य सडकमा यातायात प्रभावित बनेको छ । समाजवादी मोर्चा नेपालले काठमाडौँको प्रदर्शनीमार्गमा आयोजना गरेको सभाका कारण सो क्षेत्रमा यातायात आवागमन बन्द गरिएको छ ।
रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटिमण्डपको सडक पूणरुपमा बन्द गरिएको छ । त्यस्तै काठमाडौंको तीनकुने वानेश्वर, माइतिघर लगाएतका क्षेत्रमा यातायात अवरुद्ध भएको छ । सो क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ । जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ ।