ट्रेंडिंग:

>> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो

क्यान्सर रोगीमा किसान बढी

१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

बर्दिया, १५ चैत ।
हरेक बर्ष बर्दियामा क्यान्सरका बिरामीहरूको संख्या बढ्दै गएको छ । प्रत्येक बर्ष स्थानीय तहबाट क्यान्सर रोग उपचारका बिरामीको संख्या बढ्दै गएको हो । क्यान्सर रोग प्रमुख स्वास्थ्य समस्याको रूपमा भैसकेको छ ।
यो रोग बंशाणुगत गुण, चुरोट, रक्सी सुर्ती जन्य पदार्थ भाइरल संक्रमण, विषादीयुक्त खाना लगायतका कारणले क्यान्सर रोग लाग्ने गरेको हुन्छ । स्थानीय तहको तीन बर्षको तथ्यांक अनुसार स्वास्थ्य उपचारका लागि संघीय सरकारले दिने एक लाख रूपैँयाको सहयोग लिनका लागि सिफारीस लिनेहरूको संख्या बढ्दै गएको छ । आर्थिक बर्ष २०७८ /०७९ मा दुई सय चौविस सिफारिस लिएका थिए । त्यसैगरी २०७९/०८० मा दुई सय चौरनवे जनाले र गत आर्थिक बर्ष २०८०/०८१ मा तीन सय एक्सठ्ठी जनाले सिफारिस लिएको स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक छ ।

बर्दियामा एक सय चौबिस एग्रोभेट रहेका छन् । बर्दियामा रहेको सबै एग्रोभेटबाट विषादी बिक्रीवितरण हुने गरेको एककिृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले बताए । विषादी प्रयोगले वातावरण प्रदुषण हुनको साथै मानव शरीरमा समेत असर गरिरहेको हुन्छ । पछल्लिो समयमा किसानहरूले व्यवासयीक कृषि खेतीगर्न थालेपछि बिषादीको प्रयोग निकै बढेको प्रमुख ढकालले बताए । नेपाल भारत खुल्ला सिमाना नजिकै भएको कारणले लुकिछिपी भारतबाट विषादी ल्याएर बढी प्रयोग भैरहेको हुन्छ जसको कुनै तथ्यांक नै नरहेको बताए ।

विषादीयुक्त तरकारी, फलफूलको प्रयोगले क्यान्सरको जोखिम बढाउने क्यान्सर रोग विशेषज्ञ डाक्टर मुकेश यादबले बताए । उनले भने मल र विषादीले शरीरमा नकारात्मक असर पु¥याउनुको साथै क्यान्सरको जोखिम बढ्ने बताए । डाक्टर यादबले भने विषादीले खेतबारीमा लाग्ने किरालाई मार्ने काम मात्र नगरेर बोटविरुवामा लाग्ने फललाई समेत विषादीयुक्त बनाएको हुन्छ । विषादी प्रयोग गर्दा राम्रो सावधानी अपनाएर प्रयोग गर्ने र प्रयोग गरी सकेपछि सावुन पानीले मिचिमिचि हात धुनु पर्ने हुन्छ ।

बर्दियाका क्यान्स पिडितहरूमध्ये किसानहरू बढी रहेका छन् । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका अनुसार प्रत्यक्ष रूपमा विषादी प्रयोग गर्ने किसानहरूमा बढी क्यान्सर देखिएको छ । खेतबारीमा काम गर्दा सावधानी नअपनाउनाले पनि कृषकहरू बढी जोखिम रहेको पाईन्छ । किसानहरूले विषादीको प्रयोग गर्दा सुरक्षा नअपनाएको कारणले किसानहरूलाई क्यान्सर भएको देखिन्छ । विषादी प्रयोग गर्दा कति दिनमा खाना मिल्लने एग्रोभेटबाटै सल्लाह लिएर खाने गर्नुपर्ने हुन्छ तर किसानहरूले विषादी प्रयोगको केहीदिनमै खाने र बिक्री गर्न लैजाने भएकोले क्यान्सरको विरामी बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?