ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

मेसिन र जनशक्ति छ, सेवा छैन

बिरामीलाई निःशुल्क सेवा दिन स्थानीयस्तरमै उपकरण र जनशक्ति पठाइसकेको तर उपकरण मेसिन जडान नगरिएको अवस्थामा फेला परेको कुरा महालेखाले आफ्नो मलेप प्रतिवेदनमै उल्लेख गरेको छ ।
१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

नवलपरासी, १५ चैत ।
जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा मेसिन र जनशक्ति उपलब्ध भएपनि व्यवस्थापकीय कमजोरीका कारण डाईलासिस सेवा सञ्चालन हुन सकेको छैन् । लाखौ रुपियाँका उपकरण मेसिन खरिद भएर थन्किएको छ । गत बैशाख देखि नै डाईलासिस सञ्चालनका लागि आवश्यक तालिम लिई स्वास्थ्यकर्मीले तलब सुविधा लिँदै बसेका छन् ।सरकारले डाईलसिस गराउने बिरामीलाई निःशुल्क सेवा दिन स्थानीय स्तरमै उपकरण र जनशक्ति पठाइसकेको तर उपकरण मेसिन जडान नगरि त्यसै राखिएको अवस्थामा फेला परेको कुरा महालेखा परिक्षकको टोलीले आफ्नो मलेप प्रतिवेदनमै उल्लेख गरेको छ । अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरू खरिद गरि थन्किएका अवस्थामा छन् ।

स्वास्थ्यकर्मीहरू पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका छन् । जिल्लामा दुई दर्जन बढि बिरामी नियमित डायलासिस गर्न बुटवल र भैरहवा जानुपर्ने समस्या झेल्दै आएका छन् । सरकारले ती बिरामीहरूलाई नै लक्षित गरि विभिन्न दातृनिकायसँग सहयोग माग्ने, ऋण लिईने कार्य गर्छ । तर ती बिरामीले सेवा पाउँदैनन् । डाईलसिस सेवा सबै ब्यवस्था भएर पनि सञ्चालनमा ल्याउन नक्सनु व्यवस्थापककै कमजोरी भएको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए । यो विरामी प्रतिको बेईमानी हो, उनले भने, जति सक्दो चाँडै डायलसिस सेवा सञ्चालनमा ल्याएर सेवा प्रवाह गर्नुपर्छ ।
गत बर्षदेखि नै अस्पतालमा डाईलसिस सेवा सञ्चालन गर्ने अस्पतालले जानकारी गराउँदै आएको थियो । पहिला पिसिआर भवनमै व्यवस्थापन गर्ने कुरा चलेको थियो । पछि ती भवनमा केन्द्रीय प्रयोगशाला सञ्चालनमा ल्याइयो । डाईलसिस सेवा गफ मै सिमित बन्यो । अस्पतालका मेसु फेर्ने होडबाजी चल्यो । त्यसमा राजनीति खेल पनि शुरु भयो । जुन समस्या अहिले पनि कायम नै रहिरहेको स्थानीय समाजसेवीहरू बताउँछन् । व्यवस्थापनलाई सहयोग गर्नुपर्नेमा यहाँ राजनीतिक दलहरू नै राजनीतिक अखडा बनाउँदा पनि जनताले पाउने सेवाबाट बन्चित हुन परेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । जनताको कुरा कस्ले सुन्ने ? उनले भने, नेता र दलहरू आफ्ना निहित स्वार्थकै दलदलमा देखिन्छन् ।
एउटा कुनै दलिय स्वार्थ भन्दा एउटै दल भित्रका गुटगत स्वार्थमा लागेर अस्पताललाई अस्तव्यस्त बनाउने कार्यमा लागेको देखिन थालिएको उनले दृष्टान्त सुनाएका थिए ।

गोविन्द बहादुर ज्ञवाली
सुचना अधिकारी, पृथ्वीचन्द्र अस्पताल, नवलपरासी

काँग्रेस भित्र रहेको एउटा गुटले कुनै चिकित्सकको सरुवा गराउन लाग्छन्,आर्को गुट त्यसलाई रोकाउन लाग्छन् । काँग्रेसमा मात्रै होईन,एमाले भित्र पनि त्यही रोग देखिन्छ । एउटा गुट मेसु सरुवा गराउनमा लाग्ने र आर्को गुट सरुवा रोकाउनमा लाग्ने अवस्था देखिएको छ । त्यसको फाईदा मेसु र चिकित्सकहरूलाई नै भइरहेको देखिन्छ । काम गर्न परेर दल र दलका गुटको चापलुसी गर्दैमा जागिर पाकिहाल्छ । जनता प्रति जवाफ देही नै देखिदैन् । होईन भने अहिलेसम्म किन सञ्चालनमा आउन सकेन ? डाईलसिस सेवा, अध्यक्ष सैथवारले प्रति प्रश्न गरेका थिए । अहिले पनि अस्पतालमा फागुन २२ गते देखी नै अध्यक्ष पदपूर्ति नगरेर अस्पताल अध्यक्ष विहिन रहेको अवस्था देखिएको छ । विगतका अध्यक्षले त चासो लिइएनन, अहिले नयाँ अध्यक्षको पदपूर्ति गरिदिएको भए पनि नयाँ अध्यक्षले काममा अग्रसरता देखाउथे, तर सरकारका मन्त्री आसन र भाषणमै ब्यक्त हुने जनता र देशका लागि सेवा गर्नु पर्छ, भन्ने दायित्वोध नै नदेखिएको उनले सुनाएका थिए ।
यता डायलसिस सेवा सञ्चालनका लागि तयारी भई रहेको दाबी अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले गरेका छन् । डायलसिस सञ्चालनका लागि उचित स्थानको प्रवन्ध मिलाउन नसक्दा ढिलो भएको थियो, उनले भने, अहिले अस्पतालका अधिकाँस सेवाहरू नयाँ भवनमा सरेको छ, पुरानो भवनमा डायलसिस सञ्चालनका लागि ब्यवस्थापन गर्ने कार्य भई रहेको छ । यहिँ चैत्र महिना भित्रै सञ्चालनमा ल्याउने भनाई उनको रहेको थियो । ५० सैया अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा (ओपिडि) अन्तर्गत हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्री तथा प्रसुती, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, विरामी भर्ना जनरल, फर्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र, लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन (ओसीएमसी), क्षयरोग, कुष्टरोग क्लिनिक, जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा, प्लाष्टर, सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो । अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत, ३ स्वास्थ्य सहायक, २ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?