काठमाण्डौ ।
आज शेयर बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ। शेयर बजार परिसूचक नेप्से ४१.४३ अङ्कले बढेर २,६६३.३० विन्दुमा पुगेको छ।आज सबै समूहका शेयर वृद्धि भएकोमा व्यापार समूहको शेयर ६ प्रतिशतले बढेको छ। यस्तै, लगानी र माइक्रोफाइनान्स समूहका शेयर पनि २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
गुराँस लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने बजार उच्च अङ्कले बढेका दिन कुमारी सबल योजनाको शेयर झन्डै २ प्रतिशतले घटेको छ।
नेप्सेसँगै, आज कारोबार रकम पनि उल्लेखनीय वृद्धि भएको छ। हिजो ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका ९७ लाख ७२ हजार कित्ता शेयर ५ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ।