© २०२३
चन्द्रौटा, १४ चैत ।
वडा प्रहरी कार्यालय चन्द्रौटाले लागु औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध प्रभातफेरी ¥याली गरेकोे छ । कपिलवस्तुको प्रहरी कार्यालय चन्द्रौटाको नेतृत्वमा निकालिएको कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सक्रीय सहभागितामा ¥याली गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख घनश्याम न्यौपानेले लागु औषध दुरुपयोग नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । प्रशासन, प्रहरी, स्थानीय सरकार तथा नागरिक समाजले एकसाथ अभियान चलाए मात्र यस समस्यालाई नियन्त्रण गर्न उनले जनाए । यसैबीच शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले नगरपालिकाले लागुऔषध नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले प्रहरी लागुऔषध ओसारपसार तथा दुरुपयोग अहोरात्र खटिएको बताए । शाहले भनेः “चन्द्रौटा क्षेत्रमा निगरानी बढाइएको छ । अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिन्छ । यस अभियानमा सबैको सहयोग आवश्यक छ ।”
सहभागीहरूले ‘लागु औषध दुव्र्यसन अन्त्य गरौं, सुरक्षित समाज निर्माण गरौं’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ¥याली चन्द्रौटा बजार परिक्रम गरी चन्द्रौटा चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने अधिकांश वक्ताहरूले युवापुस्तालाई लागुऔषध दुरुपयोगबाट बचाउन सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।