© २०२३
सल्यान, १४ चैत ।
राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा आएका एक वृद्धको मृत्यु भएको छ । बिहीबार बिहान ११ः५० बजेतिर बागचौर नगरपालिका–७, टाट्के निवासी ७० वर्षीय टिकाराम वली कार्यालयको ढोकामा चिप्लिएर लडेपछि घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिए पनि अस्पतालले १२ः५५ बजे उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीका अनुसार वली कार्यालय बाहिरबाट हिँड्दै आएका थिए । ढोकासम्म पुगेपछि अचानक ढलेका थिए । लडेपछि उनको टाउकोमा चोट लागेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ ।