ट्रेंडिंग:

>> तिलोत्तमा नेवारी भाषा तालिम शुरु, नेवा संस्कृति संरक्षणमा मद्यत मिल्ने दाबी >> त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य,संस्कृति एवम् पर्यटन उत्सव बर्दघाटमा सुरु >> ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष >> नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने >> पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा >> आधुनिक शिक्षा प्रणालीमा प्रविधि >> दीर्घकालीन सहकारीद्धारा सचेतना तथा अभिमुखिकरण >> पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध >> छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला >> चर्च ब्याईजलाई २३ औ तिलोत्तमा गोल्ड कपको उपाधि >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चुनावी चहलपहल >> देउवाको टिप्पणी: ‘ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन्, राजा भए भने के गर्लान् ?’ >> काठमाडौँ महानगरले ज्ञानेन्द्र शाहलाई काट्यो पत्र, विभिन्न शीर्षकमा लाखौँको जरिवाना >> पक्राउ परेका १०५ जना प्रदर्शनकारीको ‘स्क्रिनिङ’ गर्दै प्रहरी >> धर्मगुरु पुष्कर खतिवडा इमाडोलबाट पक्राउ >> एफइसी धनकोष सहकारीको कर्जा सम्बन्धी अन्तक्र्रिया >> प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा >> कर्णाली प्रदेशमा टेलिकमको मोवाईल फोन सेवा अवरुद्ध >> बाँझो जग्गामा व्यवसायिक केरा खेती >> सहरमा वन डढेलोको चेतनामा बाजा घन्किने जंगलमा डढेलो दन्किने >> तिलोत्तमा गोल्डकपः चर्च ब्याईज र एपीएफमा बलियो को ? >> तिलोत्तमा नगरपालिका ओआईडिपिका लागि अनलाईन भाेटिगमा विश्वमै उत्कृष्ट >> विश्व तापक्रममा वृद्धि: वर्तमान र भविष्यमा प्रभाव >> कवि गोविन्दगोपाल र उनको ‘वासना कि उपासना’ कविता संग्रह >> बर्दिया आउने पर्यटकमा वृद्धि >> शुक्रबार काठमाडौं अस्तव्यस्त बुटवलमा पनि निस्किए राजाबादी >> पत्रकारिताको इतिहासमै एउटा दुखद घटना -अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ >> स्थानीय तहमा महिला सहभागिता उपलब्धि मुलुक हुनुपर्ने >> नेपालगन्जको रोजगार मेलामा बेरोजगारको लाग्यो लर्को >> लेखा समूह रुपन्देहीको स्थापना दिवसमा मानवसेवा आश्रममा भोजन >> राजावादीको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण >> राजावादी प्रदर्शनमा पक्राउ पर्नेको संख्या ५१ पुग्यो >> दीर्घकालीन सहकारीद्धारा रक्तदान ५२ युनिट रगत संकलन >> बिमानस्थल छेउमा लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान >> २३ औ तिलोत्तमा गोल्ड कपको उपाधिमा नया दाबेदार >> राजधानीका केही स्थानमा कर्फ्यु घोषणा >> तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी >> नेपालले महिला एशियन कप २०२६ छनोटको पहिलो खेलमा लाओससँग खेल्ने >> राजावादीद्वारा व्यक्तिको घर तोडफोड >> संसदको शून्य समयमा किन हासे सांसद हमाल ? >> समाजवादी मोर्चाको जनसभा जारी (फोटोफिचर) >> करेन्ट लागेर गुलरियामा १० वर्षीय बालकको मृत्यु >> दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता >> म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, चीन र थाइल्यान्डसम्म धक्का >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा अश्रुग्यास प्रहार >> प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित >> दुध उत्पादक किसानहरुलाई चेक हस्तान्तरण >> राजावादी र मोर्चाको प्रदर्शन जारी (फोटोफिचर) >> आईपीएल: चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु भिड्ने >> पत्रकार महासंघको स्थापना दिवसमा दाङ शाखामा स्वास्थ्य शिविर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

बुटवल, १३ चैत ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गरेका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ताका रुपमा बोल्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमै विमानस्थल पूर्णरुपमा सञ्चालन गर्नका लागि महत्त्वपूर्ण निर्णयहरु भएको उनले बताएका हुन् ।

‘सुरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चाहिन्छ भन्नेमै विवाद थियो, बन्दै गर्दा पनि पूरा हुन सक्दैन कि भन्ने थियो, सम्पन्न पनि गर्‍यौं र अहिले पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ,’ उनले भने, ‘अहिले फेरि विमानस्थल पूर्णरुपमा सञ्चालन हुन सक्दैन, लगानी खेर गयो भनिएको छ । तर यो सत्य होइन । अब छिट्टै पूर्ण क्षमतामा सञ्चालन भएर देखाउँछौं ।’

विमानस्थलको अहिलेको टर्मिनल सानो छ, त्यसलाई आन्तरिक टर्मिनलका रुपमा परिणत गरेर अन्तर्राष्ट्रिय उडानका लागि अर्को टर्मिनल बनाउने छौं । त्यसो भएमा यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि नेपालकै सबैभन्दा ठूलो, पर्याप्त पूर्वाधारसहितको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुने उनले दाबी गरे ।

‘अब विमानस्थल चल्छ कि चल्दैन भन्ने प्रश्न पुरानो भइसक्यो, नयाँ विमानस्थल सञ्चालनमा आउँदा जहिले पनि यो प्रश्न आउँदो रहेछ, यहाँ पनि त्यही भएको हो,’ उनले भने, ‘विमानस्थल बनाउनका लागि मात्र नभएर चलाउनका लागि बनाइएकाले छिट्टै ‘फूल फ्लेज’मा सञ्चालन हुन्छ । विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भनेरै केन्द्रमा सम्बन्धित सरोकारवालाहरु र निकायहरुबीच पटक पटक बैठक गरेका छौं । ती बैठकहरुमा महत्त्वपूर्ण निर्णयहरु भएका छन् । ’ तीमध्ये केही निर्णय कार्यान्वयनमा आइसके भने केही कार्यान्वयको चरणमा रहेको उनले बताए ।

‘यहाँबाट पूर्णरुपमा अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई विशेष छुट सुविधाको प्याकेज ल्याउँछौं । त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुसँग छलफल भइरहेको छ,’ उनले थपे, ‘अहिले सातामा १५ उडान गर्ने अवस्थामा आएका छौं । अझै आलोचना हुँदै गरोस्, हामी छिट्टै पूर्ण क्षमतामा सञ्चालन भएर देखाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?