ट्रेंडिंग:

>> कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित >> आज भैरहवा, नेपालगन्ज र धनगढीमा तापक्रम ३७ डिग्रीसम्म पुग्ने अनुमान >> ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा >> घरमा नै यसरी बनाउनुहोस् पनिर कट्टी रोल >> माओवादी निकट प्रेस सेन्टरले दिने विभिन्न पुरस्कार घोषणा >> देश गम्भीर अर्थ राजनीतिक संकटमा फसेको छः डा.भट्टराई >> संसदको अबरोध खुलाउन सभामुख छलफलमा >> सुनको मुल्यमा एकैदिन १३ सय रुपैयाँले वृद्धि >> लिट्मसको नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योग सुरु >> एसईईका विद्यार्थीलाई रु. २० मै टेलिकमको अफर >> शुद्धोधनमा गौतमबुद्धको पिताको शालिक निर्माण गरिने >> सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटीपिटी रोएः प्रधानमन्त्री >> प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तरको तयारी >> थप तीन राजनीतिक दल खारेज पाँच दल खारेजीको प्रक्रियामा >> औद्योगिक क्षेत्रमा आगोको कहर >> महँगी बढेको बढ्यै, अनुगमन खोई ? >> प्रदेशका प्रमुख र मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट >> पाहुना सहकारीः साबधानी नभए डुब्नसक्छ बचत >> आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ? >> प्रधानमन्त्री ओली आगामी चैत १९ गतेदेखि थाइल्यान्ड भ्रमणमा जाने >> दुर्घटनामा तिलोत्तमाका कार्यपालिका सदस्यको मृत्यु >> मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण >> अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु >> माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर एक बालकको मृत्यु >> बर्खास्त गर्ने निर्णयविरुद्ध कुलमान सर्वोच्चमा >> बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु >> एनआईसी एशियाद्वारा बाणगंगाका डुकराज पन्थीको परिवारलाई दुर्घटना बीमावापत १० लाख प्रदान >> एपीएफको उपाधि दाबेदारी >> नेप्से ३९ अङ्कले बढ्यो, शेयर बजारमा हरियाली >> कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन >> मुख्यमन्त्रिको निर्देशन अवज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ >> धारपानी मन्दिरमा क्यूआर कोडबाट दान गर्न सकिने >> कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रियसभा बैठक अवरुद्ध >> भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार >> आगो लागिरहेको सेन्टर प्लाजामा फसेकामध्ये १६ जनाको उद्धार >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एनसेलको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल आयोजना >> फुलबारीमा निर्वाचन >> व्यवसायिक खेती प्रवद्र्धनका लागि अनुदानमा कृषि यन्त्र >> विभागको निर्देशन लत्याउदै खानी उद्योग >> मोबाइल फोन प्रयोगका प्रभावहरू >> बुटवल–गोरुसिंगे सडक ठेकेदारले चोरे नदीजन्य पर्दाथ >> प्रभावकारी बनाउ रोजगार कार्यक्रम >> कालीकोटमा बोलेरो दुर्घटना, आठ जना घाइते >> मकै खेती नै मुख्य आम्दानी बन्दै >> लुम्बिनीका बिजुली गाडीः चल्छ भन्दै आधादशक बित्यो, फेरि चल्ने हल्ला ! >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने >> बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट

बुटवल–गोरुसिंगे सडक ठेकेदारले चोरे नदीजन्य पर्दाथ

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

कपिलवस्तु, १३ चैत ।
बुटवल–गोरुसिंगे सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले बाणगंगा नदीबाट नदीजन्य पर्दाथ चोरी गरेको छ । तिब्र गतिमा काम गरेर प्रशंसा बटुलेको एससिइजीसी–एनएस जेभी निर्माण कम्पनीले नक्कली भ्याट बिल बनाई नदीजन्य पर्दाथ निकासी गर्ने क्रममा सोमबार पक्राउ परेको छ । बाणगंगा नगरपालिका राजस्व शाखाले नदीबाटै नक्कली बिल बनाई ढुवानी गरिरहेको आयोजनाको लु२ ख १७०४ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको छ ।बुटवल–गोरुसिंगे सडकलाई आवश्यक पर्ने नदीजन्य पर्दाथ निकासी गर्न बाणगंगा नगरपालिकाले उक्त ठेकेदारलाई चालु आ.ब.का लागि भ्याट बाहेक १५ रुपैया रुपैयाको दरले ६४ हजार घनमिटर माल निकाल्न स्वीकृति दिएको छ । तर ठेकेदारले तोकिएको परिमाण भन्दा बढि मालवस्तु निकालेर बाहिर बेच्ने उद्धेश्यले नक्कली बिल बनाई चोरी गरिरहेको बताइन्छ । ठेकेदारले चैत ११ गते उक्त ट्रकलाई ४२० नम्बरको रसिद काटेका छन् भने १२ गते ४१२ नम्बरको रसिद काटेका छन् । नगरपालिका श्रोतका अनुसार ४१२ नम्बरको उक्त रसिद नक्कली हो । यसबारे पालिकाले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । राजस्व प्रमुख मदन घिमिरेले आयोजना ठेकेदारको एउटा ट्रिपर नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

बुटवल–गोरुसिंगे आयोजनाको ठेकेदार प्रतिनिधी बाबुराम अधिकारीकै निर्देशनमा किर्ते भ्याट बिल बनाई नदीजन्य पर्दाथ चोरी भइरहेको बताइन्छ । आयोजनालाई आवश्यक पर्ने बेश र सबबेश बनाउनका लागि ठेकेदार पक्षले बाणगंगा नदी किनारमै रहेको विवादित लुम्बिनी क्रेशर समेत ४ बर्षका लागि लिजमा लिएका छन् । त्यहि क्रेशरमा तोकिएको भन्दा बढि नदीजन्य पर्दाथ ल्याउने र त्यहाबाट आयोजना बाहेक अन्य ठेकेदार र बाटोहरुमा समेत निर्माण सामाग्री विक्री गर्ने चलखेल अनुसार उक्त गतिविधि भइरहेको आयोजना हेर्ने एक प्राविधिकले दाबी गरे । आयोजनाको बुटवल देखि बुड्ढी चोक सम्मको ४ लेन सडक निर्माणका लागि १ लाख घनमिटर नदीजन्य पर्दाथ आवश्यक पर्ने लागत स्टिमेट हुदा हुदै पनि ठेकेदार पक्षले ३ लाख घनमिटर नदीजन्य पर्दाथ निकासीका लागि बाणगंगा नगरपालिका संग माग गरेका थिए । तर बाणगंगाले महत्वपूर्ण आयोजना भन्दै हाल ६४ हजार मात्र दिने र पछि आवश्यक परे दिने भन्दै सिधै कार्यपालिका बाटै निर्णय गरेर सामाग्री उप्लब्ध गराएको थियो ।

नक्कली भ्याट बिल बनाएका ठेकेदार बाबुराम अधिकारी तथा आयोजना माथि नक्कली बिल बनाई भ्याट छली गरेको, पालिकाले तोकेर दिएको परिमाण चोरी गरेको, पालिकाको सरकारी छाप किर्ते गरेको लगायतका मुद्धा लाग्न सक्ने बताइएको छ । आयोजनाको नाममा बाणगंगा नदीको चरम दोहन गर्ने गिरोह यतिखेर ठेकेदार संग मिलेर ठूलो चलखेल गरेको र त्यसमा स्थानीय राजनितिक दल र जनप्रतिनिधीहरुको समेत संलग्नता हुन सक्ने स्थानीयबासी बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?