ट्रेंडिंग:

>> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन

प्रभावकारी बनाउ रोजगार कार्यक्रम

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

बेरोजगार युवालाई स्वदेशमै न्यूनतम रोजगारी दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने भन्दै पाँच बर्षअघि सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम औचित्यहीन सावित वन्दै गएको छ । यो कार्यक्रमले बेरोजगारलाई रोजगारीमा जोड्न मद्दत गर्ने भनिएपनि जुन उद्देश्यले यो कार्यक्रम घोषणा भयो, त्यो उद्देश्य अनुरूपको आकार यसले ग्रहण गर्न नसकेको अहिले सर्बत्र महसुस भएको छ । हरेक पालिकाले अहिले बेरोजगारहरूलाई सूचिकृत हुन सूचना प्रकाशन गरिरहेका छन् । केन्द्र सरकारले सीमित बजेट दिने र पालिकाहरूले फर्म भरेर केही व्यक्तिलाई केही दिनको लागि काम दिने बाहेक यसले रचनात्मक काम गर्न नसकेको देखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सक्न केही पालिकाले पालिकाभित्रको फोहर सफा गर्न लगाउने, बगैचा हेरचाह गर्न लगाउने र सडक किनारमा फूल विरुवा गोडमेल गराउने काम बाहेक सिर्जनात्मक काम हुन नसकेको अवस्था छ । यसरी हेर्दा यो कार्यक्रम केवल औपचारिक मात्रै बन्दै गएको छ । सरकारको कार्यक्रम अहिलेपनि केवल घोषणामै अलमलिएको छ । अहिले उक्त कार्यक्रम झारा टार्ने किसिमले गरिएको महसुस हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडो उत्साहजनक ढंगले उक्त कार्यक्रम घोषणा गरेका थिए । अन्ततः प्रधानमन्त्री रोजगार कार्यक्रम हात्ती आयो हात्ती आयो फुस्सा हुँदै गएको छ । रोजगारीको हक सम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारको पहिचान र सूचीकरण गर्ने तथा रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गराउने व्यवस्था छ । अहिले सरकारले प्रत्येक पालिकामार्फत बेरोजगार सूची दर्ता गर्न भनिएपनि सवै बेरोजगारले न्यूनतम एक सय दिनको काम र पारिश्रमिक पाउने अवस्था छैन् ।

पालिकाहरूले बेरोजगारीको सूची भर्न आग्रह गरेका छन तर सवै बेरोजगारले सूची भरे अनुसारको काम पाउन सकेका छैनन् । फर्म भर्दा नै अनेक बहाना बनाएर झुलाउने काम समेत भैरहेको छ । अहिले भरिदै गरेको फर्म केवल औपचारिकताका लागि मात्रै भएको अहिलेसम्मको अवस्थाले पुष्टी गरेको छ । कतै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई देखाएर आफ्ना कार्यकर्तालाई थामथुम पार्ने प्रयास भैरहेको आशंका समेत गर्ने गरिएको छ । नेता कार्यकर्ता व्यवस्थापन गर्न सरकारले यस प्रकारका कार्यक्रम विगतमा समेत लिएर आएको थियो । विगत पाँच वर्षदेखि यो कार्यक्रम चलिरहेको छ तर कछुवा गतिमा । यो कार्यक्रमप्रति कसैको उत्साह छैन । जबरजस्ती घिसार्ने कार्यक्रम भैरहेको छ । यसलाई नयाँ स्वरूपमा लैजान सकिन्थ्यो तर त्यो पनि गरिएको छैन । एक अर्थमा भन्दा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अहिले लङ्गडो बनाउने प्रयास भएको छ । कार्यक्रम लागू गर्दैगर्दा जसरी र जुन जोश र उत्साह साथ यसको प्रचार प्रसार भयो अहिले यो कार्यक्रमलाई सुस्त बनाइएको छ । केपी ओली नेतृत्वको सरकारको पालामा सुरु भएको यो कार्यक्रम घुम्दैफिर्दै फेरी केपी शर्मा ओली नै प्रधानमन्त्री भैरहेको बखतपनि यसलाई प्रभावकारी वनाउनेतर्फ ध्यान नदिनु यो कार्यक्रमप्रति सरकार नै जवाफदेही नभएको भन्दा अत्युक्ति हुँदैन । वैदेशिक रोजगारीमा नगएका, घरमा एकजना पनि रोजगारी नपाएका र निरपेक्ष गरिबीको सूचीमा रहेका परिवारका एक जना सदस्यलाई वर्षको कम्तीमा एक सय दिन रोजगारी दिने व्यवस्था यो कार्यक्रमको मूल लक्ष्य थियो । यो कार्यक्रम लागू गर्ने भन्दै धेरै मन्त्रीले प्रतिवद्धता जनाएका थिए, धेरै मन्त्री पनि फेरिए । जसको पालामा यो कार्यक्रम सुरु भयो, उही फेरी प्रधानमन्त्रीको कुर्सीमा बिराजमान छन तर यो कार्यक्रमको न बजेट बढेको छ, न कुनै आकर्षण थपिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई मर्न नदिउँ । बरु यसलाई नयाँ स्वरूपमा संचालन गर्ने वातावरण वनाउनेतर्फ सरकारको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?