Butwal Today

ऊर्जामन्त्रीको राजिनामा माग गर्ने प्रदर्शनकारी पक्राउ

१२ चैत्र २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने भन्दै नेकपा बहुमतका युवाहरुले सिंहदरबारको दक्षिण गेट अगाडी प्रदर्शन गरेका थिए ।

निषेध क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीहरुले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारबिरोधी नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?