ट्रेंडिंग:

>> एपीएफको उपाधि दाबेदारी >> नेप्से ३९ अङ्कले बढ्यो, शेयर बजारमा हरियाली >> कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन >> मुख्यमन्त्रिको निर्देशन अवज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ >> धारपानी मन्दिरमा क्यूआर कोडबाट दान गर्न सकिने >> कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रियसभा बैठक अवरुद्ध >> भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार >> आगो लागिरहेको सेन्टर प्लाजामा फसेकामध्ये १६ जनाको उद्धार >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एनसेलको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल आयोजना >> फुलबारीमा निर्वाचन >> व्यवसायिक खेती प्रवद्र्धनका लागि अनुदानमा कृषि यन्त्र >> विभागको निर्देशन लत्याउदै खानी उद्योग >> मोबाइल फोन प्रयोगका प्रभावहरू >> बुटवल–गोरुसिंगे सडक ठेकेदारले चोरे नदीजन्य पर्दाथ >> प्रभावकारी बनाउ रोजगार कार्यक्रम >> कालीकोटमा बोलेरो दुर्घटना, आठ जना घाइते >> मकै खेती नै मुख्य आम्दानी बन्दै >> लुम्बिनीका बिजुली गाडीः चल्छ भन्दै आधादशक बित्यो, फेरि चल्ने हल्ला ! >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने >> बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट >> सेमीफाईनल समिकरण पुरा >> ऊर्जामन्त्रीको राजिनामा माग गर्ने प्रदर्शनकारी पक्राउ >> स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त >> ट्रम्पले सार्वजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात >> नेपाल-मलेसिया बीचकाे फुटबल आज साँझ ७ः४५ बाट सुरू हुदैँ   >> सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ५८.०५ अंकले घट्यो >>  मोतीहारीमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दाबी >> अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री >> ‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड >> सार्वजनिक पोखरीहरूको संरक्षण गरी ठेक्का मार्फत राजस्व संकलन गर्दै नगरपालिका >> प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएकाे भन्दै भरतपुर विद्युतका हाकिम माथी आक्रमण >> लायन्स क्लब बुटवल सयपत्रीद्वारा तीनदिने बाटेको धुप बनाउने तालिम सम्पन्न >> केरा खेतीमा भविश्य खोज्दै सहकारी >> तरूणदल तिलोत्तमा आलोकको नाममा फुटसल प्रतियोगिता आयोजना >> देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न लागिपरेः प्रधानमन्त्री >> सुर्खेतको मेडिकलमै लागुऔषध धन्दा >> राप्रपाको मूल आन्दोलन समितिको बैठक जारी >> त्रिशूली नदीमा कोइला बोकेको ट्रक दुर्घटनाग्रस्त, चालकको ज्यान गयो >> सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो >> वीरगञ्ज भन्सारबाट आठ महिनामा ५३ अर्ब २६ करोडको निर्यात >> कुकुरसँग यौनसबन्ध राख्ने अष्ट्रेलियाली मोडललाइ १० बर्षको सजायँ हुने >> १०० रुपैयाँको कारणले ओमप्रकाशको हत्या,आरोपी बुढामगर पक्राउ >> प्रतिगमन दिवा सपना >> पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम >> अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित >> एसईईपछि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुरा

भैरहवामा फुटपाथमा पार्किङ, टर्न निषेधमा गाडी निरन्तर प्रवेश

११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

भैरहवा, ११ चैत ।

पैदलयात्रु निर्वाध आवगमनको सहजताका लागि फुटपाथ प्रयोग गरिएपनि रुपन्देहीको भैरहवामा यस्को विपरित फुटपाथलाई पार्किङको रुपमा प्रयोग गरिएको छ ।सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए पनि पार्किङ स्थलको व्यवस्थापन हुन नसक्दा भैरहवा अस्तव्यस्त हुदै गएको छ । भैरहवाको बुद्धचोक देखि बर्मेली टोलको पश्चिम तर्फको सर्भिस रोड पार्किङ निषेध गराई  फुटपाथमा पार्किङ गराइएको छ ।

केवल पैदल यात्रुको सहजताका लागि बनाइने फुटपाथमा यहाँ मोटरसाइकलहरु क्रमबद्ध रुपमा पार्किङ गरि राखिएको छ । पछिल्लो केही दिन देखि फुटपाथ खाली गराउने र अव्यवस्थित पार्किङ्गमा कडाई गर्दै आएको सिद्धार्थनगर नगरपालिका र ट्राफिक प्रहरीले फुटपाथमै पार्किङ्ग गर्दा भने रमिते बनेको छ । सिद्धार्थनगर नगरपालिकाले पछिल्लो केही दिन देखि नगरप्रहरीको प्रयोग गर्दै सिद्धार्थनगरको सडकपेटी अतिक्रमणलाई हटाउने अभियान गर्दैछ । नगरपालिकाले फुटपाथलाई व्यवस्थित गरी पैदलयात्रुको सहजताका लागि यो अभियान सुरु गरेको छ ।

भैरहवाको मुख्य बजर बैंक रोड, गल्लामण्डी, मैत्री पथ, नयाँ सडक, नारायणस्थान लगायतको सडकहरुमा दैनिक नगरप्रहरीले फुटपाथ खाली गराउदै राखिएको सामान समेत नियन्त्रणमा लिई कारवाही गरेका छन । सडकपेटी खाली गर्ने अभियानले थुपै्र व्यवसायीहरु कारवाहीको दायरामा आई जरिवाना समेत दिदा नगरपालिकाले बुद्धचोक नजिकै राखेको फुटपाथको पार्किङको विषयमा केही गर्न सकेको छैन ।नगरपालिकाको समन्वयमा नै केही समयका लागि फुटपाथमा पार्किङ गरिएको हो, अल्पकाालिन रुपमा यस क्षेत्रको पर्किङको लागि फुटपाथ प्रयोग गर्ने भनिएपनि ३ वर्ष वित्दा समेत यसलाई निरन्तरता दिदै फुटपाथमै पार्किङ गरिरहेको छ ।

फुटपाथ सहित सर्भिस रोडमा समेत जथाभावी पार्किङ गर्दा पैदल यात्रीलाई समस्या भएको सामाजिक अगुवा विजय सागर श्रेष्ठले बताए । यसरी जथाभावी पार्किङ गर्दा र एउटा लेनमा चल्नुपर्ने साधन उल्टो लेनमा चल्दा दुर्घटनाको जोखिम धेरै भएको उनले बताए ।सिद्धार्थनगर बैकरोडका व्यवसायीहरुले नगरप्रहरीले ज्यादती गरेको बताएका छन । दादागिरी शैलीमा फुटपाथको मात्रै होइन पसल भित्रको सामान पनि गाडीमा हालेर लगेको गुनासो गरेका छन । झयामझुमे सामान उठाएर गाडीमा हालिएको छ यो गलत ढंगले नगरप्रहरीहरु लागेको व्यवसायीहरुले बताएका छन । उनीहरुले के के सामान लग्यो भन्ने पनि आफुहरुलाई थाहा नभएकोले जरिवाना पछि कसरी चिनेर ल्याउने भन्ने पनि दुविधा भएको बताए ।

भैरहवामा प्रवेश निषेध गरेको क्षेत्रमा सवारीसाधन निरन्तर प्रवेश गर्दा समेत ट्राफिक प्रहरी मुकदर्शक भई बसेको छ । भैरहवाको बर्मेली टोलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले उत्तर तर्फ जादा दाया टर्न निषेध गरेको छ । ट्राफिक व्यवस्थापनका लागि डिभाइडर हटाएर राखिएको बुद्धचोकबाट आउने सवारीसाधनलाई सजिलै नारायण पथ र दाया सर्भिस रोड जाने सहजताका लागि उक्त टर्न खोलिएपनि त्यसको विपरित दिशाबाट गएको सवारीसाधन पनि सहजै त्यो बाटोको प्रयोग गरिरहेको छ । सबैले देखिने गरि राखिएको ट्राफिक चिन्हलाई वेवास्ता गर्दै आम सर्वसाधरण गलत बाटो प्रयोग गरिरहेका छन । प्रवेश निषेधको चिन्ह लाई नजरअन्दाज गरि सवारीसाधन आवगमनले  दुर्घटनाको उच्च जोखिम छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले टर्न खोल्दा केही समय प्रहरी खटाएपनि अहिले ट्राफिक प्रहरीको डयुटी नै हटाइएको छ ।

यस्तै भैरहवा क्षेत्रको राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि बुद्धचोक र देवकोटा चोकमा रहेको ट्राफिक लाइट नियमित रुपमा नचल्दा दुर्घटनाको उच्च जोखिममा छ । स्वचलित रुपमा २४ घण्टा बल्नुपर्ने ट्राफिक बत्ती कहीले बल्ने र कहिले नबल्दा चालकहरु झुक्किएर झन दुर्घटनाको जोखिम बढेको छ ।ट्राफिक लाइटले काम नगर्दा ट्राफिक व्यवस्थापन स्वचालित नहुने र चालक आफ्नै सुरमा गाडी हाक्ने गरेका छन । बेलाबखत सडकमा भएको ट्राफिक प्रहरीले हातको इशाराले संकेत गरेपनि ड्युटीमा भएको प्रहरी पनि छेउमा मोबाइल चलाउदै र कुराकानीमै मस्त हुन्छन ।

रुपन्देहीको भैरहवामा यि मात्रै होइनन नम्बर प्लेट अस्पष्ट भएको छरपस्ट देखिन्छ, हाइवेमा इरिक्सा, भन्सार र सुविधा विनाका भारतिय गाडीको निर्वाध प्रयोग, वसपार्कबाट छुट्नु पर्ने गाडी चोक र सर्भिस रोड बसपार्कको रुपमा परिणत जस्ता कार्यले भैरहवामा ट्राफिक प्रहरी नै नभएको अनुभूति भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रुपन्देहीका निमित्त प्रमुख वरिष्ठ सई ज्ञानेन्द्र शर्माले समग्र ट्राफिक व्यवस्थापनका लागि नियमित रुपमा चेकजाँच र नियम विपरीत गरेकालाई कारावहीको दायरामा ल्याएको बताए ।हाइवेमा चल्ने इरिक्सा र भन्सार विना आएका विधुतीय गाडीहरुलाई कारवाहीको दायरामा ल्याएका छौ, हिजो मात्रै ४५ वटालाई कारवाही गरेका छौ भने, फुटपाथमा भएको पार्किङको विषय केही दिनमा समाधान हुने बताए । यस्तै प्रत्येक दिन अपरेशन गरेका छौ, राइट टर्न निषेधमा सवारीसाधनको प्रवेश भएको पाइएकोले डयुटी खटाएर त्यसलाई  नियमन गर्ने वरिष्ठ सई शर्माले भने । उनले एकै पटक सबै काम नहुने बताउदै अबको एक हप्ता पछि नतिजा देखिने परिवर्तन हुने उनले दाबी गरे ।

नगर प्रहरीको विषयमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले नगर प्रहरीद्वारा सिद्धार्थनगर नगरपालिकाभित्र बजार क्षेत्रमा जथाभावी रूपमा गरिएको पार्किङ, सडक क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड, हेलमेट तथा सडक पेटीमा राखिएका सामग्रीहरूलाई हटाउने तथा नियन्त्रणमा लिने कार्यलाई तीव्र रूपमा अगाडि बढाएको बताए ।फुटपाथमा गरिएको पार्किङको विषयमा पनि नगरपालिका सचेत छ, नगरवासीको सहजताका लागि नै नगरपालिकाले अभियान चलाएको छ । इरिक्सा, फोहोरमैला, फुटपाथ खाली गराउने पार्किङ लगायतको विषयमा नगरप्रहरी लागेको छ । छाडा चौपाया, इरिक्सा व्यवस्थापनको विषय चुनौति रहेपनि विस्तारै सहज हुदै गएको छ भने  फोहोरमैलाको विषयमा सर्वसाधरणले जथाभावी फोहोर फाल्नेलाई कारवाहीको दायरामा ल्याउने बताए ।  नगरवासीको सहजताको लागि नै गरेकोले नगरवासी, व्यवसायी र सबै सम्बन्धित पक्षलाई यस कार्यमा सहयोग गरी नगर क्षेत्र सफा, सुरक्षित र व्यवस्थित राख्न योग्दान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?