© २०२३
चन्द्राैटा, ११ चैत ।
विद्यार्थीलाई शैक्षिक सामग्री तथा उपभोक्तालाई उपचार/काजकृया खर्च सहयोग गरिएकाे छ । कपिलवस्तुकाे शिवराज नगरपालिका-३, मैनार स्थित चेतनशिल सामुदायिक वन उपभोक्ता समूहले दर्जनौं नागरिकलाई सहयाेग गरेकाे हाे । स्थानीय विपन्न जेहेन्दार विद्यार्थी पठनपाठन गर्न सहज हुने र समस्यामा उपभोक्ताहरुलाई दु:खमा परेकाे अवस्थामा थाेरै भएपनि राहत पुग्ने उद्देश्यले सहयाेग प्रदान गरिएको वनका अध्यक्ष रामपाल थारुले बताए । उनले भने : “आर्थिक बर्ष २०८०/८१ काे सामाजिक उत्तरदायित्व अन्तर्गत बजेट विनियोजन गरि विद्यार्थी, उपभोक्तालाई सहयाेग गरेका छाैँ ।” ७ जना उपभोक्तालाई उपचार तथा खर्च स्वरुप ५५ हजार र एक सय ३० जना स्थानीय विद्यार्थीहरुलाई कापी, झाेला, ज्यामिति बक्स लगायत सामग्री आइतबार साे सामग्री वितरण गरिएको सामुदायिक वनले जनाएकाे छ ।
यसैबीच कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले शिवराजभित्रकै सामुदायिक वनमध्ये याे प्रभावकारी रहेकाे उल्लेख गरे । सामुदायिक वन जाेगाउन सके उपभोक्ताले वनबाट आम्दानीकाे स्राेतसँगै राेजगारी समेत पाउने गरेकाे उनले जनाए । त्यसैले वन संरक्षणमा जाेडदिन स्थानीयलाई आग्रह समेत अध्यक्ष तिवारीले गरे । यस्तै सव-डिभिजन वन कार्यालय खरेन्द्रपुरका वरिष्ठ वन अधिकृत पहलमान सेरमुन्जाले सामुदायिक वनकाे सकारात्मक प्रभाव रहेकाे बताए । दीर्घकालीन रुपमा वनलाई संरक्षण गर्न सके थप समाजमा टेवा पुग्ने उनले जनाए । वडा नम्बर ३ का वडा सदस्य श्यामलाल थारुले सामुदायिक वनले सामुदायमा पारेकाे सकारात्मक प्रभावकाे खुलेरै प्रशंसा गरे । पछिल्लो समय आर्थिक मन्दीले दु:खमा परेकालाई सहयाेग गर्नु सराहनीय भएकाे उनकाे भनाइ छ ।