© २०२३
बुटवल, ११ चैत ।
लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बुटवल बेलभरीया अधिवेशनले लायन बर्ष २०२५/२०२६ को लागि निर्वाचनको माध्यमबाट अध्यक्ष लायन दिवाकर पौडेल, प्रथम उपाध्यक्ष लायन धुर्व प्रसाद कोइराला, द्वितीय उपाध्यक्ष लायन बिष्णु प्रसाद सुवेदी र तृतीय उपाध्यक्ष लायन सागर अधिकारी चयन भएका छन् ।
उक्त साधरणसभामा क्लबका अध्यक्ष लायन गोपाल खरेल, सचिव लायन मनोज गौतम र कोषाध्यक्ष लायन सन्जिव सुनारको प्रतिवेदन उपर छलफल भएको थियो । उक्त सभामा क्लबका सस्थापक अध्यक्ष लायन बिनोद सुवेदी पुर्व अध्यक्षहरू लायन उमानाथ अधिकारी, लायन नवराज बन्जाडे, लायन राम प्रसाद बेलबासे, निवर्तमान अध्यक्ष लायन इ–गोबिन्द प्रसाद लामिछाने लगायतका क्लबका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो ।